Comments Add Comment

वाम गठबन्धनको गन्तव्य : एकीकृत पार्टी निर्माण

नेपालको वाम राजनीतिमा दुई वटा वाक्य अहिले खुबै चल्तीमा छन्, ‘पार्टी एकता तत्कालै हुन्छ’, ‘पार्टी एकताको विषय जनता र कार्यकर्ताले अनुमोदन गरिसकेका छन्’ । अब नेता मात्र मिल्न बाँकी हो । नेपाली जनताकै जीवनमा समृद्धि र राष्ट्रिय अखण्डताको रक्षाको सपनालाई विपनामा साकार पार्ने इतिहासदेखिको जनअपेक्षा हो यो ।

केपी ओलीको नेतृत्वमा संयुक्त वाम गठबन्धनले यी आशा पूरा गर्ने विश्वास र भरोसासहित गत प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराएका छन् । राष्ट्रिय राजनीतिमा देखा परेको संक्रमणकालको अन्त्य, स्थायी र स्थिर सरकार निर्माण, सरकारमार्फत् जनताको जीवनमा परिवर्तन गरी राष्ट्रिय समृद्धिको प्राप्ति र पार्टी एकता गर्ने कुरा व्यक्त भएको थियो ।

त्यही विषय चुनावी अभियानको मुद्दा बन्यो । ती मुद्दाहरु जनताको तहबाट अनुमोदन भइसकेका छन् । अब नेतृत्व तहबाट व्यवहारतः यी विषय कार्यान्वयन हुने अपेक्षा वाम गठबन्धनलाई मतदान गर्ने नेपाली जनताले गरेका छन् ।

निर्वाचनपछि सरकार तत्कालै बन्नुपर्ने प्रचलित संसदीय संवैधानिक मान्यता र परम्परालाई लत्याउँदै संविधानको प्रावधानलाई गतिमा नबुझ्ने, अक्षरको व्याख्या गर्ने र वामपन्थीको विजयलाई नरुचाउने देशी/विदेशी प्रतिक्रियावादीहरुको मिलोमतोमा निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक नगरी नेपाली राजनीतिलाई थप अन्योल र अस्थिरितातर्फ धकेलेको छ ।

सरकार निर्माणको प्रश्न अग्रगामी परिवर्तनको पक्षपाती र अधिनायकतावादी प्रतिगमन पक्षधरबीच आधारभूत संघर्षको तहमा देखापरेको छ । सञ्चार माध्यमको प्रचारको विषय बनेको छ । प्रतिक्रियावादी, प्रतिगामीहरुको आड भरोसामा निर्वाचन आयोग जनताको अपेक्षामा पानी खन्याउन उद्यत देखिएको छ ।

देउवा एन्ड कम्पनी सरकार सत्ताको दुरुपयोग गर्दै मुलुकलाई असफल राष्ट्र बनाउन उद्यत देखिन्छ । राष्ट्रिय ढुकुटीलाई ब्रह्मलुट गरिरहेका छन् । कामचलाउ सरकार गैरकानूनी, गैरवित्तीय क्रियाकलाप सञ्चालन गरी भावी सरकारलाई बोझ पर्ने एकपछि अर्काे काम गर्दै नयाँ सरकार निर्माणसँगै त्यसलाई विवादमा तान्ने कसरतमा देखिन्छ ।

देउवा एन्ड कम्पनी सरकार सत्ताको दुरुपयोग गर्दै मुलुकलाई असफल राष्ट्र बनाउन उद्यत देखिन्छ । राष्ट्रिय ढुकुटीलाई ब्रह्मलुट गरिरहेका छन् ।

राष्ट्रिय सभाको निर्वाचन, प्रदेश र संघीय सरकार गठनका लागि दुई वामपन्थी पार्टीबीचमा शक्ति, प्रभाव र जनअपेक्षाअनुसार सहमतितिर उन्मुख भएको छ । सन् २०३० सम्मको दिगो विकास लक्ष्यले परिकल्पना गरेको र वाम गठबन्धनको घोषणा पत्रमार्फत् आव्हान र प्रतिबद्धता व्यक्त भएका विषयहरु कार्यान्वयन गरी विकसित लोकतान्त्रिक, लोककल्याणकारी समावेशी, सुशासनयुक्त समृद्धि र अखण्ड नेपाल निर्माण गर्न सफल हुनेछ ।

वामपन्थी गठबन्धनका नेता वर्तमान राष्ट्रिय राजनीतिका केन्द्र र सफल व्यक्तित्व केपी ओली सफल हुने विश्वास राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले गरेको छ ।

आनन्दप्रसाद पोखरेल

अहिले दुई वटा ठूला कम्युनिस्ट पार्टीबीचको एकताको प्रश्न हो । नेताहरु सार्वजनिक मञ्चमा पार्टी एकता भइहालेजसरी अभिव्यक्ति दिइरहेका छन् । समाचार पढेर र सुनेर पार्टी एकता हुनेमा जनता आशावादी हुँदै आपसमा खुशी बाँड्दै छन् तर दिन बित्दै जाँदा पार्टी एकता हुने तिथि नै जुरेको छैन ।

त्यसको पृष्ठभूमिमा धेरै सैद्धान्तिक, वैचारिक, सांगठनिक नेता र नेतृत्वको व्यवस्थापनजस्तो महत्वपूर्ण विषय छिनोफानो हुनै बाँकी छ । कम्युनिस्ट पार्टीहरु सैद्धान्तिक र रणनीतिक विषयमा एउटै डुंगामा हिँड्दा पनि कार्यनीति र कार्यशैली नमिल्दा शब्द र शब्दार्थमा असहमति देखाउँदै कमा, रेफमा फरक देखाउँदै पार्टी विभाजन गरेर हिँडेका धेरै उदाहरण हामीसँग छन् ।

त्यस्ता पृष्ठभूमिबाट विकसित वामपन्थी सोच बोकेका पार्टी नेताहरु तत्कालै भाषण गरेजस्तो कागजमा पार्टी एकता भनेजस्तो सजिलो नभएको कारण यसले सार्थकता पाउन सकेको छैन । कारण, नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मानेको छ ।

एमाले विगत लामो समयदेखि शान्तिपूर्ण जनक्रान्तिलाई क्रान्तिको मार्ग ठान्छ । । यसैलाई अवलम्बन गर्दै नेपाली क्रान्ति शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गरेको छ । आवधिक निर्वाचनमा बहुमत प्राप्त गरी संसदीय राजनीतिलाई माध्यमका रुपमा लिँदै मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय परिवर्तनको बोटो रोजेकोे छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई आत्मसात गर्दै सामाजिक न्यायको प्रबर्द्धन गर्दै समाजवादमा पुग्ने लक्ष्य निर्धारण गरेको छ ।

जबकि, माओवादी केन्द्र मार्क्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्छ । माओवादी केन्द्र सशस्त्र संघर्षबाट विकसित भई वर्तमान संसदीय व्यवस्थालाई उपयोगको रुपमा मात्र लिएको छ । संसदीय अभ्यासलाई आत्मसात गरिसकेको अवस्था छैन । सशस्त्र क्रान्ति र जनयुद्धको धङधङी बाँकी राखेको छ । क्रमशः उपयोगितावादी चिन्तनबाट मुक्त छैन ।

पार्टी एकताको प्रश्नलाई सैद्धान्तिक, वैचारिक र सांगठनिक मिलनका रुपमा स्वीकार नगरी पदीय भागबण्डा तथा सत्ता र शक्तिको बाँडफाँटका रुपमा लिएको छ । आफ्ना सहयात्री कमरेडहरु र गठबन्धनको नेतृत्वलाई सधैं शंकाको दृष्टिकोणले बुझ्ने र हेर्ने गरिएको छ ।

माओवादी केन्द्र सशस्त्र संघर्षबाट विकसित भई वर्तमान संसदीय व्यवस्थालाई उपयोगको रुपमा मात्र लिएको छ । संसदीय अभ्यासलाई आत्मसात गरिसकेको अवस्था छैन । सशस्त्र क्रान्ति र जनयुद्धको धङधङी बाँकी राखेको छ । क्रमशः उपयोगितावादी चिन्तनबाट मुक्त छैन ।

‘एमाले माओवादी केन्द्रलाई पन्छाएर फोरमसँग गठबन्धन गर्दैछ, नेपाली कांग्रेसले पाँच वर्षको प्रधानमन्त्रीको प्रस्ताव गर्‍यो, एकीकृत पार्टीको अध्यक्ष नभई एकता सम्भव छैन । देशी प्रतिक्रियावादी तत्वले वाम एकता फुटाउन लागेका छन्, एमालेले माओवादी केन्द्रलाई कमजोर बनाएर पार्टी विलय गराउँदै छ, यो किमार्थ स्वीकार्य हुँदैन’ ।

यस्ता कुरा फरक-फरक समय र स्थानमा स्वयं कमरेड प्रचण्डबाट अभिव्यक्त भइरहेका छन् । मैले बुझेसम्म वामपन्थी गठबन्धन बनाएर नेतृत्व गरिरहँदा र आजको मितिसम्म आइपुग्दा कमरेड केपी ओलीबाट पार्टी एकतामा आँच आउने र शंका हुने किसिमका अभिव्यक्ति आएका छैनन् ।

स्थिर सोच र विचार सार्वजनिक भएका छन् । बेला-बेलामा पार्टी एकतामा भाँजो आउने खाले लेख, टिप्पणी र अन्तरवार्ता माओवादी केन्द्र पक्षधरबाट विभिन्न समयमा सार्वजनिक भएपछि नेकपा एमालेको स्थायी कमिटीले एकताविरोधी गतिविधि र अभिव्यक्ति नदिन नेता/कार्यकर्तालाई रोक लगाएको छ ।

पार्टी एकताको सहज वातावरण बनाउन नेतृत्व लागिपरेको छ । तर, माओवादी केन्द्रका कतिपय नेता/कार्यकर्ताबाट यो वा त्यो कारणबाट एकता भड्काउने र भाँजो पैदा हुने अभिव्यक्ति सिर्जना हुने र शंका पैदा हुने साथै सौदाबाजी गर्नेखाले अभिव्यक्ती सार्वजनिक भएका छन् ।

कतिपय नेता/कार्यकर्ता पार्टी एकता पनि नहुने गठबन्धन पनि टुट्ने मुलुक नयाँ गठबन्धनमा जाने भनेर अभिव्यक्ति दिइरहेका छन् । यी र यस्तै खुजुरा तर्क अब सबैले बन्द गर्नुपर्छ । निष्ठापूर्वक संयुक्त वामपन्थी गठबन्धनको एउटै घोषणा पत्रमार्फत् निर्वाचन लडेर यो उपलब्धि र जित हासिल गरेको छ ।

फुटाऊ र शासन गर भन्ने मान्यता राख्ने शक्तिहरु हाम्रो एकता देखेर आफ्नो पुरानो रणनीति बदलेर नयाँ सरकारसँग सहकार्य र सम्बन्ध विस्तार गर्ने बताउँदै विशेष दूत पठाएर शुभेच्छाको अभिव्यक्ति र बधाइ दिइरहेका छन् । वाम गठबन्धन अब टुक्र्याउन सकिँदैन भन्ने अन्तिम निष्कर्षका साथ हाम्रा बैरीहरु रक्षात्मक बन्दै समर्थनको जामा पहिरेर घरभित्र आएका छन् ।

यो हाम्रा लागि खुशीको क्षण हो । उनीहरुको यसभित्रका कूटिल चाल र रणनीति राम्रोसँग बुझ्नुपर्छ । कतै माओले भनेजस्तो प्रतिक्रियावादी बाघ पनि हुन्, कागजी बाघ पनि हुन् । परिस्थितिअनुसार अघि पनि बढ्छन् र पछि पनि हट्छन् ।

पार्टी एकताको सहज वातावरण बनाउन नेतृत्व लागिपरेको छ । तर, माओवादी केन्द्रका कतिपय नेता/कार्यकर्ताबाट यो वा त्यो कारणबाट एकता भड्काउने र भाँजो पैदा हुने अभिव्यक्ति सिर्जना हुने र शंका पैदा हुने साथै सौदाबाजी गर्नेखाले अभिव्यक्ति सार्वजनिक भएका छन् ।

अहिले प्रतिक्रियावादीहरु पछाडि हटेका छन् । वामपन्थी नेता र नेतृत्वको नाडी छामेर वा आफ्नो स्वार्थ र शर्त पूरा गर्न साधु बिरालो बनेका हुन सक्नेछन् । तथापि, वास्तविक सत्यचाहीं हामीबीचको बलियो गठबन्धन र भावी दिनमा पार्टी एकता हुने सम्भावना बढेपछि उनीहरुले आफ्नो रणनीति परिवर्तन गरेका हुन सक्छन् ।

अर्थात्, दुई वटा कम्युनिस्ट पार्टी र कांग्रेससँग खुशामद गर्दै ढाड चाट्ने र परिस्थिति सकारात्मक भएपछि पुनः आक्रमण गर्ने रणनीति पनि हुन सक्छ । तर, हाम्रो एकताले यी सबै षडयन्त्र पराजित गर्नेछ ।

विपक्ष र शत्रुको सोच, दृष्टिकोण र रणनीति जेसुकै भए पनि हामीबीचको एकता, विश्वास र भरोसा भए हामीलाई कसैले पनि हराउन र हल्लाउन, विभाजन गर्न सक्दैन भन्ने कुरा तथ्यले प्रमाणित गरिसकेको छ ।

हामीले सर्वाजनिक गरेको निर्वाचन घोषणापत्रलाई कार्यान्वयन गर्दै संविधानले निर्दिष्ट गरेको समावेशी, न्यायपूर्ण, समतामूलक समाजको निर्माण गरी मुलुकलाई स्वाधीन, आत्मनिर्भर र अखण्ड नेपालको निर्माण गर्दै समाजवादी बाटोमा लान हाम्रा सबैले शक्ति लगाउनु पर्छ ।

कम्युनिस्ट आन्दोलनको लामो समयदेखिको सपना कम्युनिस्ट पार्टीहरुबीचमा एकता र एकीकृत कम्युनिस्ट आन्दोलनको पुनर्गठन हो । यो ऐतिहासिक कार्यभार पूरा गर्ने लक्ष्य निर्माण र घोषणा नेकपा एमाले र माओवादी केन्द्रले गरेको यो अवसरमा वस्तुनिष्ठ, सिद्धान्तनिष्ठ पार्टी एकताको कार्यभार पूरा गर्न लाग्नु पर्छ ।

पार्टी एकताका लागि कम्युनिस्ट आन्दोलनमा विभाजनका आधारभूत र तत्कालीन कारणको सविस्तार समीक्षा हुन जरुरी छ । सिद्धान्तमा एकरुपता कायम गर्न संगठानिक सवालमा वैज्ञानिक र उचित व्यवस्थापन गर्न सक्नुपर्छ ।

व्यक्तिगत प्रतिष्ठा र स्वार्थभन्दा माथि उठी राष्ट्र, जनता, पार्टी एकताका लागि सबै कुरा त्याग्न सक्नुपर्छ । एकताको सम्बन्धमा कसको स्थान कहाँ भन्ने विषयलाई गौण मान्दै एकताको विषयलाई केन्द्रभागमा राखी देश, जनता र अखण्डताका लागि आफू समाप्त भएर पनि एकताका लागि अग्रसर हुनुपर्छ ।

कताको सम्बन्धमा कसको स्थान कहाँ भन्ने विषयलाई गौण मान्दै एकताको विषयलाई केन्द्रभागमा राखी देश, जनता र अखण्डताका लागि आफू समाप्त भएर पनि एकताका लागि अग्रसर हुनुपर्छ ।

एकता प्रचारात्मक, देखावटी र शब्दजालभित्र मात्र प्रयोग गरिए त्यसको कुनै औचित्य छैन । एकता भए पनि यसको दीर्घजीवन दिँदैन । त्यसैले पार्टी एकता गर्ने विषयलाई सरकार गठन गर्ने पूर्वशर्तका रुपमा छलफल र बहसमा ल्याउनु भनेको ‘मुखमा रामराम बगलीमा छुरा’ भनेजस्तै हो ।

मुखले एकता भन्ने कामले भाँड्ने मात्र हुन सक्छ । विकसित राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्दा अत्यन्त परिपक्वताका साथ पार्टी एकता प्रक्रियालाई अगाडि बढाउनुपर्छ ।

लेनिनको शब्दमा पार्टी र पार्टी निर्माण व्यक्तिका लागि सर्वस्व हो । यदि पार्टीले आदेश दिएमा कार्यकर्ता सुँगुरको खोरमा बस्नुपर्छ भन्ने आदर्शबाट प्रशिक्षित भएका कम्युनिस्ट पार्टीका कार्यकर्ताले आफूलाई केन्द्रभागमा राखेर गरिने छलफल, बहस र एकता आवधिक मात्र हुनसक्छ ।

त्यसैले सैद्धान्तिक रुपमा पार्टी एकताको पक्षमा बहस, जनमत र कारवाही अगाडि बढाउँदै विचार, सिद्धान्त, संगठन, नीति, कार्यनीति र कार्यशैलीमा एकरुपता कायम गर्ने र सहमति हुन नसकेका विचारलाई पार्टी महाधिवेशनबाट समाधान हुने गरी पार्टी एकता गर्नुपर्छ ।

नेतृत्व एकै दिनमा विकसित भएको होइन । त्यसैले पार्टीको प्रमुख त्यही हुन्छ, जसले पार्टी, जनता र राष्ट्रको हितको नेतृत्व गर्छ । त्यसको ठाउँ अरुले लिन सक्दैनन् । अस्थायी रुपमा संयुक्त नेतृत्व निर्माण गरी पछि महाधिवेशनबाट एकल नेतृत्व स्थापित गर्न सकिन्छ ।

त्यसैले पार्टी एकताको प्रक्रियालाई अगाडि बढाऊँ । यही नै नेपाली जनताको र पार्टी कार्यकर्ताको अपेक्षा र चाहना हो । यसलाई सार्थकतामा पुर्‍याउन सबैले दृढ प्रतिज्ञा गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment