Comments Add Comment

विश्व बजार ‘ब्लड बाथ’मा, नेप्सेको उही नियति

 

२४ माघ, काठमाडौं । नेपाली सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला विश्व बजार नै शिथिलतातर्फ उन्मुख देखिएको छ । सोमबारदेखि एकाएक बजारमा आएको गिरावटलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले ‘ब्लड बाथ’को संज्ञा दिएका छन् ।

अधिकांश मुलुकमा सेयर बजार सूचक र मूल्य घटेर राताम्य भएको छ । अन्य मुलुकमा बजार स्वाट्टै घट्दा नेपाली बजार सूचक (नेप्से)ले १४ सय विन्दुलाई टेवा बनाउने प्रयासमा देखिन्छ । नेप्सेमा सूचीकृत संस्था वा बजार सूचक अन्य मुलुकका बजारमा सूचीकरण नभएकाले त्यहाँ हुने परिवर्तनको असर यहाँ पर्दैन ।

मंगलबार पनि नेप्से १४ सयभन्दा तल झरेदेखि नै बढ्ने प्रयासमा रह्यो । सूचकले दुई दिनमा १६ अंक गुमाएको छ । मंगलबार बजार ६ अंकले घटेर १३ सय ९४ विन्दुमा रह्यो ।

बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बजार घट्दा लगानी पनि ओरालो लागेको छ । सोमबार ३० करोडको कारोबार भएको बजारमा मंगलबार भने २४ करोड रुपैयाँका सेयर मात्र किनबेच भए ।

समग्र बजार घटिरहँदा सकारात्मक प्रभाव पर्ने खबरहरु बजारमा प्रसारित हुन सकेका छैनन् । कर्जायोग्य पुँजी अभाव कायमै छ, नयाँ सरकार गठन हुन सकेको छैन । यसले पनि बजारले सकारात्मक गति प्राप्त गर्न सकेको छैन ।

मंगलबार कारोबार भएका कम्पनीको मूल्य २८ ले मूल्य बढेको छ भने ९७ भन्दा बढी कम्पनीको सेयर मूल्य घटेको छ । सात दशमलव ३० प्रतिशत लाभांश घोषणा गरेको ‘हाम्रो विकास बैंक’को सेयर मूल्य पनि सबैभन्दा बढी दरमा घट्नेमध्ये मुख्य स्थानमा छ । उक्त कम्पनीको सेयर मूल्य करिब चार प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment