+
+
Shares

‘गोपाल गिरि’ पत्रकारिता पुरस्कार महेशचन्द्र र ध्रुबलाई

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २३ गते १७:४१

२३ माघ, वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको स्व. पत्रकार ‘गोपाल गिरि स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार महेशचन्द्र गौतम र ध्रुव साहलाई प्रदान गरिने भएको छ ।

छनौट समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई पुरस्कार दिने निर्णय भएको नेपाल पत्रकार महासंघ पर्सा शाखा सभापति श्याम बञ्जराले जानकारी दिए ।

पुरस्कृत पत्रकार गौतम वीरगञ्जबाट प्रकाशित हुँदै आएको सर्व राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व उपाध्यक्ष ध्रुव साह रेडियो वीरगञ्जका सञ्चालक हुन् ।

पुरस्कृत पत्रकारहरुले नगद २५/२५ हजार नगदसहित प्रमाणपत्र पाउनेछन् । उनीहरुलाई आगामी फागुन १ गते पुरस्कार प्रदान गरिने नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ ।

स्व. पत्रकार गिरि ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । वीरगञ्जको मेयर रहेको बखत २०६० साल माघ १ गते तत्कालीन माओवादीले उनको हत्या गरेको थियो ।

उनै गिरिको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?