नायिका करिश्मा मानन्धर पहिरनको मामालामा सधै नै अगाडि छिन् । उमेरले ४० काटेपनि सुन्दरतामा करिश्मालाई अहिलेका नयाँ नायिकाले पनि भेट्न सक्दैनन् । झन्, पहिरन लगाउने बिषयमा त उनको अगाडि अहिलेका चर्चित नायिकाहरु पनि फिक्का देखिन्छन् ।
करिश्मा मंगलबार बेलुकी काठमाण्डौको पाँच तारे होटल अन्नपूर्णमा आयोजना भएको ‘कान्छी म्यूजिकल नाइट’मा उपस्थित भइन् ।सो कार्यक्रममा पुगेकी करिश्माको पहिरनको चर्चा सर्वाधिक भयो ।
छातीमा खोपिएको ट्याटु शो गर्दै करिश्मा कार्यक्रममा पुगेकी थिइन् । साथमा, उनले लगाएको वन पिस पहिरन बोल्ड थियो । कपाल पनि उनले काटेकी छिन् । जसले गर्दा, उनी बोल्ड एन्ड ब्यूटी देखिएकी थिइन् । करिश्माको यहि खुबीका कारण उनी सधै नै मिडियामा चर्चामा रहने गरेकी छिन् ।
तस्बिरः कमल प्रसाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4