अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोण, जसको छोरीले अहिले बलिउडमा धुम मच्याइरहेकी छिन् । छोरी हुन्, दीपिका पादुकोण ।
दीपिकाका पिता प्रकाश भने आफ्ना जमानाकी चर्चित हिरोइन, माधुरी दीक्षितकी फ्यान । डाइहार्ट फ्यान । कतिसम्म भने, जब मिडियामा माधुरी दीक्षितको बिहेको खबर फैलियो, त्यसले प्रकाशलाई चोट दियो । उनी आफ्नी प्रिय अभिनेत्रीको बिहेको खबरले निकै दुखी भए । त्यसबेला उनले आफुलाई बाथरुममा बन्द गरेर राखेका थिए ।
इन्डिया टुडेमा अन्र्तवार्ता दिदै दीपिका पादु्कोणले आफ्नो पिताको कुरा खुलासा गरेकी हुन् । दीपिकाले यी किस्सा सुनाइरहँदा उनकै सामुन्नेमा थिइन्, माधुरी दीक्षित । कुनै बेलाकी ग्ल्यामर हिरोइन हुन् माधुरी । अहिले त्यही ठाउँमा प्रकाशकी छोरी दीपिका छिन् ।
दीपिकाले माधुरीको सामुन्ने भनिन्, ‘जुन दिन तपाईको बिहे हुने चर्चा भयो, त्यस दिन मेरो पिताको दिल पूर्ण रुपमा टुट्यो । उहाँले आफुलाई बाथरुममा थुन्नु्भयो । बाथरुमबाट निस्कदा उहाँका आँखाहरु सुन्निएका थिए ।’
दीपिकाको कुरा सुनेर माधुरीले मधुर मुस्कान दिइन् । उनी भावुक पनि भइन् ।
प्रतिक्रिया 4