Comments Add Comment

टप १० समाचारः प्रदेश ६ को मुख्यमन्त्रीदेखि साउदीमा ढिँडो पसलसम्म

आज बुधबार दिनभर अनलाइनखबरमा थुप्रै समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही सर्बसम्मत

नेताहरु पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाएका हुन् । तर, औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने जनाइएको छ ।

२. कलंकीपछि नयाँबानेश्वर र महाराजगञ्जमा पनि अन्डरपास

कलंकीजस्तै सवारी चाप रहने महाराजगञ्ज र नयाँबानेश्वरमा पनि सुरुङमार्ग निर्माणको योजना अगाडि बढेको हो । सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भएको छ ।

३. मधेस सरकार गठनमा के मिलेन ? उपेन्द्र र महन्थले दिए तीन-तीन विकल्प

राष्ट्रिय जनता पार्टीले ‘हैसियतभन्दा बढी’ पदमा दाबी गरेपछि प्रदेश २ को सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले अन्य विकल्पमा पनि छलफल थालेको छ ।यद्यपि राजपासहितको मधेसवादी गठबन्धनको सरकारलाई नै पहिलो प्राथमिकतामा राखिएको फोरमका एक प्रभावशाली नेताले बताए ।

४. साउदीमा ड्राइभरको जागिर छोडेर राजमार्गमा ढिँडो पसल

अहिले उनको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडासैनी हट्टाकट्टा छन् । श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै खटिन्छन् । उनको ढिँडो खानेको लाइन नै लाग्छ ।

५. राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत, कहाँ को विजयी भए ? (सूचीसहित)

मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए ।

६. नेपाल भर्सेस नामिबियाः बर्गरले रोक्लान् कि पारसले ठोक्लान् ?

दुवै टोली लगभग एउटै स्तरका भएकाले भोलिको खेल रोमाञ्चक हुनसक्छ । यस खेलभित्र पनि विभिन्न खेलाडीहरुबीच व्यक्तिगत प्रतिस्पर्धा हेर्न सकिनेछ ।

७. गैरकानुनी रुपमा कोरिया पठाएको आरोपमा राजेन्द्र खड्गीमाथि अनुसन्धान सुरु

नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ

८. महेशको दुःखः साउदीमा धर्म फेराइयो, नेपालमा सरकारकै जालसाजी (भिडियो)

धनुषाको रघुनाथपुरका महेशकुमार साहको आँखा नओभाएको सात महिना बित्यो । साउदी अरेबियाबाट सोमबार मात्रै फर्किएका उनी कोही भेट्नासाथ बरर आँशु झारिहाल्छन् ।

९. तातो चिया पिउनेलाई क्यान्सरको खतरा

चिया तात्तातै पिउनुपर्छ भन्ने आम धारणा छ । जाडोमा त झन् चुरोटसँग तातो चियाको चुस्की लिनेहरुको संख्या अधिक हुन्छ । तर, अब चुरोट र रक्सी खानेहरुले तातो चिया पिउने बानी त्याग्नुपर्ने देखिएको छ ।

१०. नेप्से ११ महिनायताकै न्यून विन्दुमा, एफपीओले चम्कियो नेपाल बैंकको कारोबार

एक सय अंकितमूल्यको दरमा एक करोड ७६ लाख कित्ता सेयर उक्त बैंकले बिक्री गर्ने भएको हो । प्रिमियम नतोकिएको बैंकको यो दर दुई सयआसपास हुने सम्भावना छ ।

र, यो पनि

 सय ३० पत्नीका श्रीमानले संसार छाडे

उनको निधन हुँदासम्म उनका कूल सन्तानको संख्या २ सय ३ थियो । तर यो संख्या उनको निधनपश्चात् केही बढ्न सक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment