Comments Add Comment

सिमरा गोल्डकपमा आयोजकको विजयी शुरुवात


२५ माघ, सिमरा । सिमरा गोल्डकपको ९ औँ संस्करणमा आयोजक नवजनजागृती यूवा क्लब ‘सेतो’ ले विजयी शुरुवात गरेको छ ।

सिमरा रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा आयोजक टोलीले हेटौंडाको विजय युथ क्लबलाई ४-१ गोल अन्तरले हरायो ।

आयोजकको जितमा विशन गुरुङ्ग, त्रिदेव गुरुङ्ग, धिरज श्रेष्ठ र अपि|mकी खेलाडी भिक्टर आमोहिले समान एकएक गोल गरे । हटौंडाका लागि एकमात्र सान्त्वना गोल अमिर श्रेष्ठले गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिम मिनटमा विशन गुरुङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

८० मिनटमा छोट्याइएको खेलको दोश्रो हाफको शूरुवातमै हेटौंडाका अमिर श्रेष्ठले बराबरी गोल गरे । सिमराका शौरभ मगरले गोल रक्षक विशाल श्रेष्ठलाई दिएको पास अमिरले गोलमा परिणत गरे । शौरभको फितलो प्रहारको फाईदा उठाउँदै अमिरले बराबरी गोल गरका हुन् ।

आयोजकको घरेलु मैदानमा बराबरी पछि उत्साहित हेटौंडाका समर्थकहरुलाई निराश बनाउँदै धिरज श्रेष्ठले टिमका लागि दोश्रो गोल गरे । ५२ औं मिनटमा श्रेष्ठले गरेको गोल पछि हेटौंडा दबावमा देखियो ।

थुप्रै अवसर गुमाएको हेटौंडालाई निराश बनाउँदै खेलको समाप्तीतिर सिमराले लगातार दुई गोल थप्यो । खेलको ८० औं मिनटमा अपि|mकी खेलाडी भिक्टरले सिमरालाई ३-१ को फराकीलो अग्रता दिलाए ।

अन्तिम समयमा अग्रता बढेपछि थप दवावमा परेको हेटौंडामाथि आक्रामक रुपमा प्रस्तुत भएको सिमराले अतिरिक्त समयमा अर्को गोल गर्‍यो । सिमराका त्रिदेव गुरुङ्गले अतिरिक्त समयको पहिलो मिनटमा चौथो गोल गर्दै टिमलाई ४-१ को फराकिलो अग्रता दिलाउन सफल भए ।

भोलिको खेल आयोजक ‘निलो’ र नेपाल एपीएफ क्लबवीच हुनेछ । मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेपछि आयोजकको दुई टिम प्रतियोगितामा सहभागी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment