Comments Add Comment

ट्वीटरले पहिलोपटक नाफा कमायो


माइक्रोब्लगिङ साइट ट्वीटरले सेयर जारी गरेपछि पहिलोपटक नाफा कमाउन सफल भएको छ ।

सन् २०१७ को अन्तिम त्रैमासमा ट्वीटरले ९ करोड १० लाख डलर मुनाफा आर्जन गरेको सार्वजनिक गरेको छ । सन् २०१३ मा पब्लिकलाई सेयर जारी गरेपछि पहिलोपटक ट्वीटरले नाफा आर्जन गर्ने सौभाग्य पाएको छ ।
यो घोषणासँगै लगानीकर्तामा उत्साह थपिएको छ र बजारमा ट्वीटरको प्रतिसेयर मूल्य पनि बढेको छ ।

अन्तिम त्रैमासमा मासिक सक्रिय प्रयोगकर्ताको संख्यामा खासै परिवर्तन नआएपनि पहिलोपटक नाफा कमाउने अबस्थामा ट्वीटर पुगेको हा् । ट्वीटरका मासिक सक्रिय प्रयोगकर्ता ३३ करोड छन् ।

ट्वीटरले पछिल्ला दिनमा आफ्नो प्रबिधि र ब्यापारिक रणनीतिमा पनि परिवर्तन गरिरहेको छ । सेलिब्रेटी, राजनीतिकर्मी र पत्रकारको बलियो समुदाय ट्वीटरमा रहे पनि फेसबुकजस्तै समाजका सबै तप्कालाई छुन ट्वीटर असफल देखिँदै आएको छ ।

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीटरले हाँसिल गरेको उपलब्धिप्रति खुसी प्रकट गरेका छन् । ‘सन् २०१७ को समाप्ति निकै सुखद रह्यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment