Comments Add Comment

विश्वका धनी शहरः न्यूयोर्क पहिलो, मुम्बई १२ औं स्थानमा


२९ माघ, काठमाडौं । विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी भारतको मुम्बई १२ औं स्थानमा सूचिकृत भएको छ ।

न्यू वर्ल्ड वेल्थ रिपोर्टले धनी १५ शहरको सूची सार्वजनिक गरेको छ, जसमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ ।

यसैगरी लण्डन दोस्रो, टोकियो तेस्रो र सनफ्रानसिस्को चौथो नम्बरमा छन् । पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाइ परेका छन् ।

भारतको मुम्बईले पनि विश्वको धनी शहरको सूचीमा स्थान बनाएको छ । भारतको प्रमुख आर्थिक केन्द्र मुम्बई सूचीको १२ औं स्थानमा छ । यसको कुल सम्पत्ति ९५० अर्ब डलर छ । मुम्बईमा २८ जना अर्बपति छन् ।

सबैभन्दा धनी देशहरुको सूचीमा भारत छैठौं स्थानमा छ । भारतमा ८,२३० बिलियन डलर सम्पत्ति छ ।

शहरको कुल सम्पत्तिको गणनामा शहरमा बस्ने व्यक्तिहरुको निजी सम्पत्ति मात्र गणना गरिएको छ । व्यक्तिहरुको जग्गा, नगद, शेयरलगायतलाई हेरेर सम्पत्तिको मूल्यांकन गरिएको हो । सरकारी कोषको गणना भने यसमा गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment