Comments Add Comment

साहरुखदेखि सोनमसम्म, जो एक रात बसेकै लाखौ तिर्छन्


बलिउड स्टारहरु एउटै चलचित्रबाट करोडौं पारिश्रमिक लिन्छन् । जति राम्रो पारिश्रमिक लिन्छन्, खर्च गर्ने मामलामा पनि कम छैनन् । उनीहरु घुमफिरमा जाँदा एक रात बास बसेको मात्र लाखौं रकम तिर्ने गरेको पाइन्छ । हेरौं एकदिन बास वसेको कसले कति तिर्दा रहेछन्ः

साहरुख खानः साहरुख खान छुट्टी मनाउनका लागि परिवारका साथ अमेरिकाको लस एन्जल्स जान्छन् । लस एन्जल्सको वेभर्ली हिल्समा बस्ने खान परिवारले त्यहाँ बसे वापत एक रातको भाडा मात्रै १.९७ लाख तिर्छन् । ६ वटा लक्जरी बेडरुमको साथै पुल र प्राइभेट टेनिस कोर्ट छ ।

शिल्पा सेट्टीः शिल्पा सेट्टी, प्रायः दुबई जान्छिन् । दुबईको पाम जुमेरह प्राइभेट विच भिल्लामा उनी बस्छिन् । जहाँबाट बुर्ज खलीफा र अरेबियन सागर देखिन्छ । यहाँ पुन बार्बीक्यु, ल्याण्डस्केप गार्डेन छ । यहाँ एक दिनको भाडा ६६ हजार तिर्नुपर्छ ।

सोनम कपुरः सोनम कपुर प्रायः न्यूयोर्कको एनवाइएसी ड्रिम होम जान्छिन् । यहाँ एक दिन बसेको १.९ लाख भाडा तिर्नुपर्छ भने यहाँ सबैखाले सुविधा उपलब्ध छन् ।

ट्वीङ्कल खन्नाः ट्वीङ्कल खन्ना प्रायः छुट्टी मनाउनका लागि पेरिस जान्छिन् । यहाँ बसेपछि एकदिनको भाडा ३२ हजार तिर्नुपर्छ ।

मन्दिरा वेदीः मन्दिरा वेदी प्रायः छुटि्टका लागि श्रीलंका जान्छिन् । उनी प्रायः मेन्ग्रोव होटलमा बस्छिन् । मेन्ग्रोव कोलम्बोमा रहेको छ । यहाँ बसेवापत दिनको २६ हजार तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment