Comments Add Comment

करणले सन्दिपलाई भनेका थिए, ‘तिमी टिकेर खेल, म छक्का हान्छु’

३ फागुन, काठमाडौं । नेपालले क्यानडामाथि सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाउँदा करण केसी र सन्दिप लामिछाने यो अविस्मरणीय क्षणको केन्द्रमा थिए ।

१९५ रनको लक्ष्य पाएको नेपालले १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । क्यानडेली टोलीलाई पनि अब खेल जित्यौं भन्ने लागेको थियो । तर, करणले सन्दिपसँग मिलेर आक्रामक पारी खेल्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।

के सोचेको थिए सन्दिप र करणले ?

दुबैले भनेका छन् कि उनीहरुको प्रयास खेललाई अन्तिम ओभरसम्म धकेल्ने र नेपाललाई जिताउने ।

सन्दिपले भनेका छन्, उनीमाथि मलाई विश्वास थियो किनकी उनले आफ्नो रेञ्जमा बल पाए भने बाउन्ड्री कटाउन सक्छन् । मेरो एक मात्र प्रयास थियो उनलाई स्ट्राइक दिने ।’

करणका अनुसार जब नेपालले नवौं विकेट गुमायो, उनी नर्भस पनि भए । ‘कसरी खेल्ने, कसरी रन बनाउने सोचिरहेको थिएँ’ सन्दिपलाई देखाउँदै उनले भने, जब उनी ब्याटिङमा आए, मैले भने कि तिमी विकेट टिकाई राख, म हान्छु ।’

सेकेण्ड लास्ट ओभरमा उनले सन्दिपलाई ‘आफ्नो खेल खेल, छक्का, चौका हान्ने प्रयास नगर’ भनेका रहेछन् ।

सन्दिपका अनुसार ४६ औं ओभरको अन्तिम बलमा जब करणले चौका हाने, उनी केही डराए ।

तर, जब ४८ औं ओभरको चौथो बलमा जब करणले छक्का हाने, उनलाई लाग्यो अब करण मुडमा आए । उनले भने, ‘मलाई उनीमाथि विश्वास थियो र उनले पुरा गरे ।’

करणलाई लागेको थियो कि छक्का हान्नुको विकल्प छैन । त्यसबेला मैले छक्का मात्र सोचेको थिएँ । किनकी हामीलाई खेल जित्नु थियो र विश्वकप छनोटमा पुग्नु थियो ।’

यो जित निकाल्दै गर्दाको क्षण रोमाञ्चक भएको दुबैले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment