Comments Add Comment

‘कृ’को लगानी सुरक्षित, दोश्रो सातामा ८० हलमा चल्ने


यूवा स्टार नायक अनमोल केसी र नव–नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ले प्रदर्शनको छैटौ दिनसम्म लगानी सुरक्षित गरेको यसको निर्माणपक्षले दाबी गरेको छ । चलचित्रले ६ दिनसम्म आइपुग्दा देशभरका ११८ पर्दाबाट ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको चलचित्रका निर्माता सुवास गिरीले दाबी गरेका छन् । उनका अनुसार, चलचित्रले ५ करोड ५० लाख ग्रस कलेक्शन गर्दा उनको हातमा २ करोड ४० लाख पर्न जान्छ ।

यस्तै, चलचित्रको ओभरसिज राइट्स ८० लाख र विभिन्न ब्रान्डबाट ५० लाख आफ्नो हातमा आइसकेको सुवासको भनाई छ । यसरि, हेर्दा चलचित्रले हालसम्म ३ करोड ७० लाख रुपैयाँ निर्माताको हातमा सुरक्षित गरिसकेको छ । चलचित्रको बजेट साढे ३ करोड माथिको बताइएको छ ।

चलचित्रको हरेक दिनको रिपोर्ट सार्वजनिक गर्दै निर्माता गिरीले दोश्रो सातमा पनि चलचित्र ८० वटा हलमा चल्ने बताए । यसैले पनि दोश्रो सातादेखिको सम्पूर्ण रकम मुनाफामा जाने उनको भनाई छ । यस्तै, चलचित्रका अर्का निर्माता भूवन केसीले चलचित्रमा महंगो रकम लगानी भएपनि राम्रो चलचित्र बनाउँदा दर्शकले मन पराइदिनुहुन्छ भन्ने विश्वास ‘कृ’ले दिएको बताए । उनले, आफूहरुको प्रतिस्पर्धा नेपाली चलचित्रसँग नभई हिन्दी चलचित्रसँग भएको बताए । उनले, ठूलो हिन्दी चलचित्रलाई ‘कृ’ले पछारेको दाबी गरे ।

चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले आफूहरुको मिहिनेत सफल भएको भन्दै आफू अत्यन्त खुशी भएको बताए । केहि नकारात्मक टिप्पणी आफूहरुले सुनेपनि दर्शकले चलचित्र मन पराएको उनको भनाई छ । नायिका अदिती वुढाथोकीले पहिलो चलचित्रबाट नै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् ।

दोश्रो सातामा पनि केहि सार्वजनिक बिदा परेकाले चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा अनमोल र अदितीको अलवा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रका निर्माता भूवन केसीले समाजमा बढ्दै गएको बलात्कारको घटनालाई चलचित्रले उठाएको भन्दै यो चलचित्रलाई राज्यले समेत साथ दिनुपर्ने दाबी गरे । यसैविच, चलचित्रमा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत शुक्रबार रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment