+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एमाले प्रदेश ७ मा दलको नेता चुन्ने जिम्मा भीम रावललाई

रामहरी ओझा  रामहरी ओझा
२०७४ फागुन ४ गते ११:४६

४ फागुन, डोटी । एमालेले प्रदेश ७ को संसदीय दलको नेता चुन्ने जिम्मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई दिएको छ ।

शुक्रबार विहान बसेको प्रदेश ७ को संसदीय दलको बैठकले सहमतिमै नेता चुन्ने निर्णय गर्दै त्यसको जिम्मा रावललाई दिएको हो ।

बैठकले आकांक्षी सांसदहरुसँग परामर्श गरी संसदीय दलको नेता तोक्न प्रदेश संयोजक भीम रावललाई दिइएको सांसद पूर्णा जोशीले जानकारी दिइन ।

‘पार्टी पद्धति, अन्य प्रदेशहरुमा भएका अभ्यासहरु, योग्यता क्षमता, सांगठनिक मर्यादा लगायतका कुराहरुलाई ध्यानमा राख्दै संसदीय दलको नेता तोक्नु सल्लाह दिएका छौं’ जोशीले भनिन् ‘पार्टी केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ७ संगठन कमिटीका संयोजक भीम रावललाई उक्त जिम्मेवारी दिइएको छ ।’

उनले बैठकमा बोल्ने अधिकांश सांसदहरुले निर्विरोध नेता छान्नु पर्ने बिचार राखेको बताइन् ।

संसदीय दलको बैठकमा सांसदहरु प्रकाशबहादुर शाह, दीर्घ सोराडी, पठान सिंह बोहरा र लिलाधर भट्टले संसदीय दलको नेताका लागि आकांक्ष देखाएको जोशीले जानकारी दिइन् ।

‘उहाँहरु चारै जनासँग परामर्श गरेर पार्टी प्रदेश संयोजकले निर्णय गर्नु हुन्छ’ जोशीले भनिन् ‘विवाद गरेर निर्वाचनकै तहमा किन पुग्नु पर्‍यो, सहमतिकै आधारमा निर्विरोध चयन गर्नु पर्‍यो भन्ने सवै सांसदहरुको जोड रह्यो, सोही अनुसार निर्णय भयो ।’

सम्भवतः आज साँझै नभए भोलिसम्म संसदीय दलको नेता चयन भइसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?