Comments Add Comment

प्रहरी हस्तक्षेपबाट विप्लवको पार्टीको कार्यक्रम विथोलियो

पूर्वराज्यमन्त्री राईसहित ३५ बढी नेता कार्यकर्ता पक्राउ

६ फागुन विराटनगर । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुन आएका उनीहरुलाई विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानबाट पक्राउ गरेको हो । पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश वली र पूर्वराज्यमन्त्री पदम राईसहित ३५ भन्दा बढी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

विराटनगरको संसारीमाई स्थानबाट कार्यक्रममा सहभागी हुन आएका विप्लवका कार्यकर्तालाई पनि कार्यक्रमस्थलवाट प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका मोरङ सेक्रेटरी युगेनले जानकारी दिए ।

उनका अनुसार सोधपुछ गर्न छ भनी कार्यक्रमस्थलबाट एउटा गाडी र तीन दर्जन वढी कार्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी कार्यक्रममा सहभागी हुने आउने क्रममा जिल्लाका विभिन्न्ा स्थान कानेपोखरी, वेलवारी, केराबारी विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवा लगायतका स्थानबाट प्रहरीले १० वटा गाडी र त्यहाँ रहेका नेकपाका कार्यकर्तालाई पक्राउ गरेको हो ।

विराटनगरबाट नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयकामा राखिएको छ भने अन्य स्थानबाट नियन्त्रणमा दिएकालाई सम्बन्धित प्रहरी कार्यालयमा राखिएको सेक्रटरी युगेनले जानकारी दिए ।

प्रहरीले भने कार्यक्रममा सहभागी हुने आएकालाई सोधपुछका लागि मात्र नियन्त्रण्मा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले उनीहरुलाई सोधपुछका लागि मात्र नियन्त्रण्मा लिएको र सोधपुछ पछि छाडिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment