Comments Add Comment

अर्चना पनेरुको ‘बिहे’ सक्कली कि नक्कली ?

‘पोर्नस्टार’ बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरु पछिल्लो समय गुमनाम थिइन् । अहिले उनी एक विदेशी नागरिकसँग बिहे गरेको फोटोसहित सामाजिक सञ्जालमा प्रकट भएकी छिन् ।

अर्चनाले चार दिनअघि आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गरेर ‘विवाह’को फोटो हालेकी हुन् । त्यसमा उनले ‘जस्ट म्यारिड’ भनेर ह्यासट्याग पनि राखेकी छिन् । साथै अर्को पोष्टमा उनले ‘तिमी जस्तो जीवनसाथी पाउनु मेरो भाग्य हो’ भनेर पनि लेखेकी छिन् ।

फोटोमा थुप्रैले कमेन्ट गरेर बधाई दिएका छन् । केहीले चाहिँ थकथकी मानेका छन् । अर्चनाकी आमा सुनीता पनेरुले पनि ‘प्रफेक्ट कपल’ भनेर कमेन्ट गर्न भ्याएकी छिन् । कतिपयले भने यो ‘विवाह’ मा सन्देह गर्दै चर्चामा आउने फन्डाका रुपमा लिएका छन् ।

अर्चनाका अनुसार उनका दुलाहा अमेरिकाको क्यालिफोर्निया निवासी उल्फ प्राइस हुन् । यद्यपि उल्फको फेसबुक प्रोफाइलमा भने अर्चनसँग बिहे गरेको तस्वीर भेटिएनन् । फेसबुकमा उल्फले आफूलाई ‘डाइरेक्टर’ भनेर चिनाएका छन् र क्यामरा बोकेको प्रोफाइल पिक्चर हालेका छन् । उनी दुब्लो ज्यानका देखिन्छन् ।

साँच्चै बिहे गरेकी हुन् भने पोर्नस्टार बन्ने उनको ‘सपना’ लाई श्रीमानले साथ दिन्छन् कि दिँदैनन् भन्ने हेर्न बाँकी छ । अर्चनाका  केही नग्न फोटो र भिडियोहरु इन्टरनेटमा अझै पनि भेटिन्छन्् । उनले दुईवटा मुलधारका नेपाली फिल्म ‘छेस्को’ र ‘जिस्म’ मा काम गरिन् तर उनका फिल्मले पानी पनि भन्न पाएनन् । पछिल्लो समय अर्चना काठमाडौंको एउटा डान्स क्लवमा नाच्ने गर्थिन् ।

महेन्द्रनगरकी अर्चना त्यहाँका स्थानीयवासीबाट लखेटिएर विस्थापित भएकी थिइन् । अर्चनाको पोर्नस्टार बन्ने अभियानमा आमा सुनिताको समेत साथ रहेको छ । बाबु भने यसको विरोधमा थिए । यही निहुमा उनका बुवा र आमाबीच पारपाचुके भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment