Comments Add Comment

विप्लपका ४ कार्यकर्ता काठमाडौंबाट पक्राउ

बानेश्वरमा राखिएको बम ‘होक्स’

८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन् ।

काठमाडौका विभिन्न क्षेत्रबाट विप्लव समूहको शंकरदेव कलेजस्थित विद्यार्थी संगठनका नेता नरेन्द्रबहादुर भण्डारी, कार्यकर्ता अक्षयकुमार राई, सन्तोष खड्का र विक्रम केसी छन् ।

विप्लप नेतृत्वको नेकपाले मंगलबार देशभर बन्द आह्वान गरेको थियो । बिराटनगरमा आफ्ना नेता, कार्यकर्ता पक्राउ परेको विरोधमा बन्द आह्वान गरिएको हो ।

यसैबीच, मंगलबार बिहान मध्य बानेश्वरमा बन्दकर्ताले सरकारी गाडीमा आगजनी गर्ने प्रयास गरेका छन् ।

महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बन्दकर्ताले ओखलढुंगा जिल्ला अदालतको गाडीमा सामान्य क्षति पुर्‍याएको बताए ।

‘मर्मतका लागि गाडी ल्याइएको रहेछ’, पोखरेलले भने, ‘त्यसक्रममा आगजनीको प्रयास भएको हो । सामान्य क्षति छ ।’

बन्दकर्ताले तिनकुनेको सुविधानगरस्थित बागमती नदीको किनारमा समेत शंकास्पद वस्तु राखेका थिए । यद्यपि, त्यो ‘होक्स’ भएको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment