Comments Add Comment

नक्कली पासपोर्ट बोकेर भारत छिरेका थिए पुन

९ फागुन, काठमाडौं । प्रहरी इन्काउन्टरमा बुधबार बिहान मारिएका गुन्डा नाइके मनोजबहादुर बुढा मगर ‘मनोज पुन’ को साथबाट बरामद भएको पासपोर्ट नक्कली भएको खुलेको छ ।

उनले सुनिलकुमार राणाको नामबाट जारी भएको पासपोर्टमा आफ्नो फोटो टाँसेर भारतमा घुमेको भेटिएको हो ।

रुपन्देही प्रहरीका एक अधिकारीले बताएअनुसार पुनको साथबाट ल्यापटप, दुई वटा मोबाइल लगायत पनि बरामद भएको छ । प्रहरीले थप अनुसन्धान थालेको छ ।

यसैबीच, पुन र उनका सहयोगी सार्पसुटर सोमबहादुर आलेको शव बुझ्न आफन्त लुम्बिनी अञ्चल अस्पतालमा नपुग्दा पोष्टमार्टम गर्न ढिलाइ भएको छ ।

रुपन्देही प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डेले आफन्त आइनपुग्दा पोष्टमार्टम गर्न ढिलाइ भएको स्वीकारे ।

पुनको योजना र आलेको व्यवस्थापनमा ४ पुस ०७३ मा युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र २१ पुस ०७४ मा तिवारीको साथी बलु पौडेलको हत्या भएको थियो । पुनले भारतको गोवामा बसेर हत्या योजना बनाएका थिए ।

२३ असोज ०७४ मा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा समेत उनको संलग्नता रहेका प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुस् 

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म

चर्चित ६ इन्काउन्टरः चरी, घैंटे र मनोज मारिए, टिके डाँका बचे

देवदह इन्काउन्टरः मनोजसँगै मारिएका सोमबहादुर को हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment