Comments Add Comment

देवदह इन्काउन्टरः मनोजसँगै मारिएका सोमबहादुर को हुन् ?

९ फागुन, काठमाडौं । रुपन्देहीको देवदहमा भएको प्रहरी इन्काउन्टरमा मनोज पुनसँगै अर्का एकजना पनि मारिए । मृतक सोमबहादुर आले भएको खुलेको छ ।

मनोज बुढामगर उर्फ मनोज पुन पछिल्लो समय प्रहरीका लागि टाउको दुखाइको विषय बनेको थियो । दुर्गा तिवारीको हत्यासँगै अपराध कर्ममा आएका उनी शरदकुमार गौचन, बसन्तकुमार पौडेल ‘बलु’को हत्यामा पनि संलग्न थिए ।

त्यसैले देवदह इन्काउन्टरलाई प्रहरीले महत्वपूर्ण उपलब्धी मानेको छ । तर, मनोजसँग मारिएका सोम आले पनि प्रहरीको खोजी सूचीमा रहेका अर्का अभियुक्त भएको खुलेको छ ।

को हुन् आले ?

आले रुपन्देहीको सिद्धार्थनगर-३ मा बस्दै आएका थिए । उनी सार्प सुटर भएको प्रहरीले जनाएको छ ।

उनी युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सुटरको रुपमा प्रयोग भएको रहस्य खुलेको छ ।

इन्काउन्टरमा मारिएपछि प्रहरीले यो रहस्य सार्वजनिक गरेको हो । यसअघि प्रहरीले घटनामा सुटरको रुपमा ‘राजु’ भनिने व्यक्ति प्रयोग भएको मात्र बताएको थियो ।

सोम बलु पौडेलको हत्याकाण्डमा पनि संलग्न भएको रुपन्देहीका एसपी श्याम ज्ञवाली बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘बलु पौडेलको हत्यामा उनी व्यवस्थापकीय जिम्मेवारीमा थिए । उनले नै अन्य अपराधीहरु जुटाएका रहेछन् ।’

आले यसअघि डकैती गरेर हत्या गरेको आरोपमा पाल्पा कारागारमा कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । मनोज ग्याङ्गमा दुई सदस्य पवन चौधरी र महीनारायण भनिने महेन्द्र चौधरी, जो हाल प्रहरी हिरासतमा छन्, उनीहरुसँग सोमको पाल्पा कारागारमा रहेका बेला नै चिनजान भएको प्रहरी स्रोत बताउँछ ।

जेलबाट छुटेपछि सोम आलेले नै मनोज पुनसँग उनीहरुको चिनजान गराएका थिए र पछिल्लो समय संगठित रुपमा रुपन्देहीमा दुई हत्याकाण्ड मच्चाएका थिए ।

यो पनि पढ्नुहोस्

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म

चर्चित ६ इन्काउन्टरः चरी, घैंटे र मनोज मारिए, टिके डाँका बचे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment