+
+

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिँदै पारसले भने- यो कार्यकालमा क्रिकेट रंगशाला बनोस्

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ११ गते १७:२९

११ फागुन, काठमाडौं । विश्वकप छनोट प्रतियोगिता खेल्न भोलि जिम्बाब्वे जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका छन् ।

बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा खेलाडीहरुले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । २००८ फागुन ११ मा तेह्रथुमको इवामा जन्मिएका ओलीले बिहीबार ६७ औं वर्षमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मदिनको केक काटेर सुरुमा कप्तान पारस खड्कालाई खुवाएका थिए । उनले पूर्व घोषणाअनुसार डिभिजन टू खेलेका नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाखको चेक पनि हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कप्तान पारसले सम्पूर्ण खेलाडीहरुको तर्फबाट जन्मदिनको शुभकामना दिए ।

नेपाल विश्वकप छनोटमा पुगेसँगै क्रिकेटको माहोल तातेको भन्दै उनले राज्यले पनि खेलमा लगानी गर्ने बेला आएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूको पाँच वर्षे कार्यकालमा क्रिकेट र फुटबल रंगशाला बन्छ भन्ने अपेक्षा छ ।’

खेलाडी कुनै पार्टीको नहुने भन्दै उनले देशका लागि खेल्ने र अझै ट्रफी जित्ने सपना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?