Comments Add Comment

एक करोड पटक हेरियो ‘रुपै मोहनी’

काठमाडौं । टंक बुढाथोकीको संगीत रहेको चलचित्र ‘सत्रु गते’ को ‘रुपै मोहनी…’ वोलको गीतले युट्युवमा एक करोड भ्युज पाएको छ । यो गीत एक महिना अगाडि रिलिज गरिएको थियो ।

संगीतकार बुढाथोकीको संगीत रहेको गीत युट्युवमा करोड पटक हेरिएको यो पहिलोपटक हो । उक्त गीतमा बुढाथोकी स्वयम् र मिना निरौलाको स्वर रहेको छ ।

प्रदिप भट्टराई निर्देशित उक्त चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दिपाश्री निरौला, पल शाह, आँचल शर्मा, पि्रयंका कार्की, शिबहरि पौडेललगायतको अभिनय रहेको छ । लोकलयको गीतको कोरियोग्राफीले पनि दर्शक तानेको देखिन्छ । यो फिल्म चैतमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment