+
+
Shares

नेकपाको विद्यार्थी संगठनका केन्द्रीय महासचिव र काठमाडौं सचिव पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १२ गते १७:१२


१२ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुर्इ जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विद्यार्थी संगठनका केन्द्रीय महासचिव दिपेन्द्र चलौनी र काठमाडौं जिल्ला सचिव किशोर न्यौपाने पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले चलौनीलाई कमलपोखरी र न्यौपानेलाई कालिमाटीबाट पक्राउ गरेको हो ।

उनीहरुमाथि सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि काठमाडौंका विभिन्न क्षेत्रबाट विप्लव समूहका चार जना कार्यकर्ता पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?