१३ फागुन, अछाम । रामारोशन-३ मुजाबगरमा आइतबार बिहान ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।
से १ त ३१४८ नम्बरको ट्याक्टर दुर्घटनामा रामारोशन-७ का ३४ वर्षीय नरु भण्डारी र ६ का ३३ वर्षीया कलसी साउदको घटनास्थलमै मृत्यु भएको अछाम प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।
ट्याक्टरचालक कैलाली घर भएका ४० वर्षीय कालीचरण चौधरी र रामारोसन-५ का ४० वर्षीय डम्मर बटालालाई उपचारका लागि अछामकै बयलपाटा लगिएको छ । ट्याक्टर कैलाशखोलाबाट ढुङ्गा लिएर आइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4