+
+
Shares

कांग्रेस संसदीय दलको नेता छान्न २१ गते चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १३ गते १३:४३

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि २१ गते चुनाव हुने भएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

चीनकाजी श्रेष्ठ संयोजक रहेको समितिको सदस्यमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे छन् ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार छन्  भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले  पनि उम्मेदवारी दिने बताएका छन् ।

देउवा पक्षका केही  नेताहरुले  भने पार्टी महामन्त्री डा. शशांक कोइरालालाई सर्वसम्मत रुपमा दलको नेता बनाउने लबिङ गरेका छन् ।

कोइरालाले पनि सर्वसम्मत रुपमा भए आफू संसदीय दलको नेता बन्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?