Comments Add Comment

राजकीय पदमा भागबण्डा नभएको माधव नेपालको दावी

१३ फागुन, नेपालगञ्ज । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले राजकीय पदमा भागबण्डा नभएको दावी गरेका छन् ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले दुबै दलका उच्च नेताहरु सरकारको विस्तारमा लागेकोले राष्ट्रपति, उप-राष्ट्रपति, सभामुख र उप-सभामुखका विषयमा कुनै छलफलनै नभएको दावी गरेका हुन् ।

‘हामीहरुवीचमा कुनै सहमति नै भएको छैन, त्यतिकै सञ्चारमाध्यममा यो र त्यो भनेर समाचार आयो म पनि आफै छक्क परेको छु ।’

उनले एमाले तथा माओवादी केन्द्रका विषयमा पछिल्लो समयमा सञ्चारमाध्यममा आएका सबै कुराहरु सत्य नभएको समेत दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एकीकृत पार्टीको आकारको बारेमा समेत कुनै छलफल नभएको बताएका छन् । तर, आफ्नो व्यक्तिगत विचारमा सानो चुस्त र दुरुस्त निर्माण गर्नु पर्ने भएपनि धेरैलाई व्यवस्थापन र मुल्याङ्कन गर्दा केही आकारमा ठूलो हुन सक्ने नेता नेपालले संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment