१४ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलका एक जना कर्मचारी सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विमानस्थलको भन्सार कार्यालयमा कार्यरत् नायब सुब्बा राजदीप शाक्यलाई घुससहित पक्राउ गरेको हो ।
उनले विदेशबाट आयात गरी ल्याइएको दुई वटा सिपमेन्ट चाँदी छुट्याउनका लागि सेवाग्राहीसँग घुस रकम मागेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेले बताए ।
थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4