Comments Add Comment

कसरी हुन्छन्, जापानी महिला स्लिम तथा फिट ? यस्तो छ कारण

यदी तपाई जापान जानु भएको छ वा जापानी महिलाहरुलाई देख्नु भएको छ भने तपाईले एउटा कुरा पक्कै याद गरेको हुनुपर्छ, ‘जापानी महिला किन स्लिम तथा हेर्दा कम उमेरका देखिन्छन् ?’ ।

किनकी उनीहरु खानामा हैन, आफ्नो स्वास्थ्यप्रति बढी सजग हुने गर्छन् । उनीहरुको सजगताकै कारण जपानीज महिला खानालाई हैन, अाफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गर्छन् ।

त्यसैले त, उनीहरु यस्ता खानेकुरा खान्छन्, जो स्वास्थ्यवर्दक छ । जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

ग्रीन टीको सेवन

जापानी महिलाहरु विशेषगरी ग्रीनको सेवन अत्याधिक मात्रामा गर्ने गर्छन् । ‘मचा’ नामक ग्रीन टीमा उच्च गुणस्तरको ग्रीनटीको पत्तालाई सुकाएर त्यसलाई धुलो पाउडरको रुपमा परिणत गरिएको हुन्छ । त्यसपछि यो पाउडरलाई तातो पानीमा मिक्स गरिन्छ । यस मिश्रणकेा सेवनले उनीहरुलाई मुटु सम्बन्धी समस्याबाट त जोगाउँछ नै, तौल कम गर्न समेत मद्दत गर्छ ।

सामुन्द्रिक खाना

अमेरिकनहरु झै जापानीहरु पनि रातो मासुको सट्टा सामुन्दि्रक खानामा विशेष जोड दिने गर्छन् । रातो मासुको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा उच्च हुनुका साथै मोटोपना बढाउँछ । साथै, यसले बाथ रोग, जोर्नी समबन्धी समस्याका साथै सुन्निने रोगहरु निम्त्याउँछ ।

जबकी गंगटा, माछा लगायतका सामुन्दि्रक खानामा उच्चकोटीको प्रोटिन, ओमगा-३ फ्याटी एसिड लगायतका पोषण तत्व पर्याप्त मात्रामा पाइन्छ । जुन मुटु, मस्तिक तथा शरीरका विभिन्न अंगका लागि फाइदाजनक मानिन्छ ।

थोरै थोरै खाने

थोरै खाना पस्कनु जापानी संस्कृतिको एउटा महत्वपूर्ण पाटो हो । थोरै खाना पस्कदा थोरै खाना खाइन्छ । जसले गर्दा तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, सानो प्लेटमा खाना राख्दा खाना पनि धेरै देखिने गर्दछ । यसले खाना आवश्यक्ता भन्दा बढी खाने प्रवृतिलाई निरुत्साहित गर्छ, नै क्यालोरीको सेवन कम हुने गर्छ ।

हिड्नु एकप्रकारको रिती

विशेषगरी, जापान जस्तो विकसित मुलुकमा पुरुष तथा महिला दुवै हिड्नमा विशेष जोड दिने गर्छन् । हिड्नु उनीहरुको रिती पनि हो ।

त्यस्तै, हिड्नु शरीरका लागि फाइदाजनक पनि छ । हिँडाइले शरीरलाई स्लिम तथा फिट राख्न समेत मद्दत गर्छ । हिड्नाले शरीरको तौल कम गर्न त मद्दत गर्छ नै, यसले मुटुलाई स्वस्थ्य राख्न मद्दत गर्नुका साथै शरीरमा शक्ति गर्ने तथा तनाव कम गर्न मद्दत गर्छ ।

हिँड्दा कहिल्यै खादैनन्

यदी तपाईंहरु मध्ये कोही जापान जानुभएको छ भने एउटा कुरा पक्कै याद गरेको हुनुपर्छ, ‘ हिँड्दै गर्दा जापानीहरु कहिल्यै खादैनन्’ । अझ भनौ, उनीहरुले खानेकुुरा खादाँ अन्य कुनै काम गर्दैनन् । यसको मुख्य कारण के हो भने जापानीहरुले सफासुघरलाई विशेष प्राथमिकता दिने गर्छन् ।

साथै, खानाको पस्कने तरिकालाई पनि विशेष महत्व दिने गर्छन् । त्यतिमात्र हैन, उनीहरु समय दिएर विस्तारै खाने गर्छन् जसले गर्दा उक्त खाना पच्नको लागि पेटलाई पर्याप्त समय प्राप्त होस् ।

त्यस्तै, खानामा चपस्टिकको विशेष महत्व हुने गर्छ । जसले खानालाई विस्तारै खान प्रोत्साहित गर्ने गर्दछ ।

स्वस्थबर्द्धक तरिकाले पकाउने

जापानमा खाना काँच्चै खाने, गि्रल गरेर खाने तरिका हावी छ । खानालाई यसरी खाना पकाउदाँ कम तेल प्रयोग हुन्छ । यो तरिकाले खाना पकाउँदा यसमा भएका पोषकतत्व नष्ट हुन पाउँदैन । साथै, खानाको स्वाद पनि बढाउँछ ।

मार्शल आर्ट

जापानीहरु प्राय मार्शल आर्टमा निपूर्ण हुन्छन् । जापानमा मार्शल आर्ट विभिन्न प्रकारको हुन्छ । त्यस्ता मार्शल आर्टमा पुरुष तथा महिलाहरु दुवैले भाग लिने गर्छन् । विभिन्न प्रकारका मार्शल आर्टले मुटुलाई स्वस्थ राख्नुका साथै मांसपेशीहरुलाई मजबुती प्रदान गर्नुका साथै मांसपेशीहरुलाई चलायमान बनाउन मद्दत गर्छ । यसले तौल कम गरी शरीरलाई स्लिम तथा फिट राख्न मद्दत त गर्छ नै । साथै, बुढेसकाल समेत हुन दिदैन ।

हट वाटर बाथ

जापानमा हट वाटर बाथ सामान्य मानिन्छ । तातो पानीले शरीरका विषाक्तता हटाउनुका साथै शरीरलाई हिल गर्न मद्दत गर्छ । हट वाटर बाथमा हुने म्याग्नेसियम, क्याल्सियम, सिलिकाले शरीरलाई स्वस्थ राख्न समेत मद्दत गर्छ । त्यतिमात्र हैन, हट वाटर वाथले तनाव कम गर्नुका साथै गहिरो निद्रा लाग्न मद्दत गर्छ । जसले छालालाई स्वस्थय राख्न समेत मद्दत गर्छ ।

खानाको अन्त्यमा फलफूल सेवन

जापानीजहरु प्रायः खानाको अन्त्यमा मिठाईको सट्टामा ताजा फलफूल खान रुचाउँछन् । फलफूलको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । फलफूलको सेवनले शरीरमा विभिन्न पोषण तत्व प्रदान गर्छ । त्यसैले, जापानीहरु खाना पश्चात्त मिठाइको सट्टा फलफूल खान रुचाउँछन् ।

त्यस्तै, मिठाईमा पनि उनीहरु सकेसम्म चिनीको प्रयोग कम गर्नुका साथै मैदा रहित मिठाईको सेवन गर्न रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment