+
+
Shares

एक किलो गाँजासहित दुई जना नागढुंगाबाट समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १६ गते १७:४७

१६ फागुन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुंगाले एक किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर–११, बंगलामुखीका २२ वर्षीय खुरज खड्गी र सिन्धुपाल्चोकको चौतारा घर भइ हाल काठमाडौंको पेप्सीकोलाका २१ वर्षीय कौशल श्रेष्ठ छन् ।

धादिङबाट काठमाडौंतर्फ पैदलमार्फत आउँदै गरेका उनीहरुले शंकास्पद गतिविधि देखाएपछि चेकजाँच गर्ने क्रममा कौशलको साथबाट झोलामा लुकाएर ल्याउँदै गरेको १ केजी गाँजा फेला पारिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

बरामद लागूऔषधसहित दुई जनालाई महानगरीय प्रहरी वृत, थानकोट पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?