+
+
Shares

करिश्माको घरमा होली उत्सव, गैरकलाकार धेरै (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १७ गते १५:२९


हरेक वर्षको होलीमा नायिका करिश्मा मानन्धरको गोदावरीस्थित निवासमा ठूलै रमझम हुन्छ । चलचित्र क्षेत्रका थुप्रै व्यक्तिहरुलाई निम्त्याएर खानपानसहित उनले होली मनाउने गरेकी छिन् ।

यसपाली पनि उनले यो परम्परा कायम राखिन् । अतिथिहरुसँग खुलेर नाचिन् । उनका श्रीमान विनोद मानन्धरले पनि अतिथिहरुलाई स्वागत गरेका थिए ।

यद्यपि आजको होलीमा भने चिनिएका कलाकारहरु खासै देखिएनन् । विगत वर्षहरुमा होली भन्नेवित्तिकै करिश्माको घर जान खुट्टो उचालेर बस्थे कलाकारहरु ।

यसपटक भने अधिकांस अपरिचित व्यक्तिहरु थिए । यद्यपि रमझम भने कम थिएन । त्यसो त अन्यत्र पनि होलीका थुप्रै कार्यक्रमहरु आयोजना भइरहेको हुनाले कलाकारहरु बाँडिएका हुन सक्छन् ।

 

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?