+
+
Shares

नो भोट आन्दोलन गरेको तिङ्ला गाउँ सोलु दूधकुण्डको वडा ११ कायम

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १८ गते १२:२०


१८ फागुन, ओखलढुंगा । सरकारले सोलुखुम्बुको तिङ्ला गाविसलाई सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ११ कायम गरेको छ ।

यो निर्णयसँगै पुनःसंरचनामा असहमति जनाउँदै ‘नो भोट नो क्याण्डिटेट’ अभियान चलाएका सोलुखुम्बुको तिङ्लाबासी खुसी भएका छन् ।

स्थानीय तह र संघीय तथा प्रदेश सभा निर्वाचन बहिस्कार गरेका उनीहरुको माग पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गत माघ ११ गते सोलुखुम्बु दूधकुण्ड नगरपालिकामा गाभ्ने निर्णय गरेर सम्बोधन गरेको थियो ।

सरकारले निर्णय गरे पनि सीमांकन र वडा तोकिएको थिएन । गत सोमबार प्रकाशित राजपत्रमा वडासमेत निर्धारण गर्दै अन्तिम टुंगो लगाइएपछि तिंलाबासीको समस्या समाधान भएको हो ।

साबिक तिङ्ला गाविसलाई यसअघि नेचासल्यान गाउँपालिकाको ६ नं. वडा कायम गरिएको थियो । अब भने तिङ्ला सोलुखुम्बु दूधकुण्ड नगरपालिकाको वडा ११ कायम गरिएको छ । नयाँ सीमांकनबाट ढिलै भए पनि सरकारले उचित न्याय दिएको अनुभूति भएको संघर्ष समितिका ललितबहादुर कार्कीले बताए ।

संघर्ष समिति बनाएरै सदरमुकाम नजिक रहेको गाउँलाई भोटको राजनीति गरेर नेचा सल्यानमा गाभिएको विरोधमा तिंलाबासीले नगरपालिकामा समावेश गर्न माग गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस् : 

तिङ्लाको विद्रोह ! ‘नो भोट’ अभियान सफल, सबैको उम्मेदवारी फिर्ता

नसुनिएको तिङ्ला विद्रोहः प्रतिनिधिसभा चुनावमा पनि ‘नो भोट’

तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल

सोलुखुम्बुमा शान्तिपूर्ण मतदान, तिङ्लाका मतदाता भोट हाल्न गएनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?