२० फागुन, काठमाडौं । सिरियल किलर सकिल हुसेन मियाँलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ । विभिन्न ७ व्यक्तिको हत्यामा संलग्न सकिल ०६४ सालदेखि फरार थिए ।
उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को कतार शाखाले पक्राउ पक्राउ गरी इन्टरपोल नेपालको जिम्मा लगाएको हो । र, आइतबार उनलाई नेपाल ल्याइएको छ ।
हुसेनलाई आजै अदालतमा पेश गर्ने तयारी गरिएको प्रहरी प्रधान कार्यालयका डिअार्इजी मनोज नेउपानेले बताए ।
४ असार ०७२ मा हुसेनको नाममा इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको थियो ।
को हुन् सकिल ?
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सकिल टिकुलिया–७, सप्तरीका हुन् । उनले आफ्नै ससुरा र बुहारीको समेत हत्या गरेका थिए ।
सकिलको अपराधकर्म ०६४ सालदेखि सुरु भएको हो । उनीमाथि सप्तरीको मलनियाँका आरुल मियाँ र पाण्डव पासवनको हत्या गरेको आरोप लागेको थियो । ०६८ सालमा उनी पक्राउ पनि परे । यद्यपि, आरोप पुष्टि भएन ।
त्यस्तै, ०७२ सालमा सप्तरीको पटेरवा–१ को दिहुल खोला नजिक आरुल मियाँ र पाण्डव पासवान शव भेटियो । शवको टोउको र हात काटेर गाडिएको थियो । यस घटनामा पनि सकिलको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
१० असोज ०६९ मा उनले पटेरवा–१ मा रहेका सुसुरा सहबुद मियाँ र बुहारी सगिरा खातुनको हत्या गरेका थिए । ०७० सालमा भएको दुलारी शाह र त्रिकौल गाविसको निर्मलादेवी शाहको हत्यामा पनि उनी संलग्न भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4