Comments Add Comment

गुल्मीका शैक्षिक संस्था बन्द

२० फागुन, गुल्मी । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्वबियु क्रान्तिकारीले गरेको शैक्षिक हडतालले गुल्मीका विद्यालयहरु बन्द भएका छन् ।

शैक्षिक हडतालका कारण गुल्मी सदरमुकाम लगायत जिल्लाभरका विद्यालय तथा क्याम्पसहरुमा विहानी तथा दिवा कक्षाको पठनपाठन प्रभावित भएको हो ।

शैक्षिक हड्तालमा केही परीक्षा सञ्चालनमा रहेका विद्यालय तथा क्याम्पसहरु भने सञ्चालनमा छन् । आफ्ना विद्यार्थी नेताहरुको बिनासर्त रिहाइको माग गर्दै क्रान्तिकारीले आइतबार देशभर शैक्षिक हड्ताल आव्हान गरेको थियो ।

अखिल क्रान्तिका महासचिव दीपेन्द्र चलाउने, सचिवालय सदस्य गणेश रैकाल, भीम कठायत लगायतको रिहाइको माग गर्दै संगठनले विभिन्न आन्दोलका कार्यक्रम गर्दै आएको छ ।

परीक्षा नजिकिदै गएकाले विद्यालय बन्द हुँदा धेरै विद्यार्थीहरु मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment