+
+
Shares

साडीमा किम कार्दशियन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १४:१९


प्रायः बोल्ड फोटोसुटमा रमाउने रियालिटी शो स्टार किम कार्दसियन नयाँ अवतारमा प्रस्तुत भएकी छिन् । पहिलोपटक उनले साडी लगाएको तस्वीर सार्वजनिक भएको छ ।

किमले एक म्यागजिनका लागि साडी लगाएर फोटो सुट गराएकी हुन् । त्यसो त रातो रंगको साडी-चोलोमा पनि उनी कम हट देखिएकी छैनन् । यो तस्विर हेर्दा उनी विगतको भन्दा निकै फरक लाग्छिन् ।

उनले आफ्नो ग्ल्यामर छबीलाई कायमै राखेकी छिन् । अर्को तस्वीरमा गोल्डेन कलरको ब्याकलेस ड्रेसले उनलाई बोल्ड देखाएको छ । उनले केही तस्विर आफ्नो इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् । यी तस्विर मार्चमा एक म्यागजिनमा प्रकाशित हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?