+
+

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १६:०२

२० फागुन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी काठमाडौं आइपुगेका हुन् ।

पाकिस्तान एयर फोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका छन्  ।

प्रधानमन्त्री अब्बासीको सम्मानमा सोमबार सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?