Comments Add Comment

सांसद बनेपछि अनेरास्ववियु छाड्दै नवीना लामा, को होला नयाँ अध्यक्ष ?

२३ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ ।

एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बताए ।

‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उहाँले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्ने कुरा बताउनुभएको थियो’ उनले भने ।

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेकी हुन् । विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ औं राष्ट्रिय महाधिवेशनबाट लामाको नेतृत्व दुई वर्षका लागि निर्वाचित भएको थियो ।

लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मी आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment