+
+

माछा दिन्छु भन्दै १० वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७४ फागुन २३ गते १७:०७

वीरगञ्ज, २३ फागुन । पर्साको पटेर्वासुगौलीकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा पोखरीया नगरपालिका-४ का २० वर्षीय सुनिल साह तुराहालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

सुनिलले गाँजाको नसामा मात्तिएर बालिकालाई माछा दिन्छु भनी फकाएर जर्बजस्तीकरणी गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए । ‘गाँजा खाएर मातिएका सुनिलले घाँस काटेर र्फकदै गरेकी बालिकालाई माछा दिन्छु भनेर प्रलोभन देखाई जर्बजस्तीकरणी गरेको रैछ । उसको लिंगमा पनि घाउचोट देखिएको छ । ‘ एसपी डा. रेग्मीले भने ‘उसले करणी गरेको स्वीकार गरिसकेको छ । बालिकाले पनि उसलाई पहिचान गरेकी छन् ।’

सुनिल विरुद्ध जर्बजस्तीकरणी शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चिकित्सकहरुका अनुसार जर्बजस्ती करणीका कारण बालिकाको पाठेघरसम्म चोट पुगेको थियो । उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शल्यक्रिया पछि थप उपचार काठमाडौंमा उपचार भइरहेको छ ।

बालिकामाथि गत फागुन १६ गते घर नजिकैको उखु बारीमा बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारपछि बालिका डरले घर पछाडि लुकेर बसेकी थिइन् । परिवारले खोजतलासको क्रममा भेटेर उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएका थिए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?