Comments Add Comment

अन्डरवर्ल्डका डन दाउदका सहयोगी दुबईबाट समातिए

मुम्बर्इ हमलाको २५ वर्षपछि टकलालार्इ भारत ल्याइयो

२४ फागुन, काठमाडौं । भारतीय अन्डरवर्ल्डका डन दाउद इब्राहिका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ परेका छन् । र, उनलाई बिहीबार एयर इन्डियाको फ्लाइटबाट मुम्बई ल्याइएको छ ।

टकलालाई आजै विशेष टाडा अदालतमा उपस्थित गराउने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर नोटिस जारी भएको थियो ।

सन् १९९३ को मार्च महिनामा मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटनामा उनी संलग्न भएको खुलेको थियो । त्यसयता फरार रहेका उनी २५ वर्षपछि पक्राउ गरेका हुन् ।

विष्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय जनाभन्दा बढी घाइते भएका थिए ।

यही घटनामा मुम्बई हमलाका मास्टरमाइन्ड टाइगर मेमनका भाई याकुब मेमनलाई सन् २०१५ मा फाँसी दिइएको थियो । अन्डरवर्ल्डका डन दाउद इब्राहिम पनि १९९३ देखि नै फरार छन् ।

उनी लामो समयदेखि पाकिस्तानमा रहेको सञ्चारमाध्यमहरुले उल्लेख गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment