Comments Add Comment

गुल्मी महोत्सवमा हेलिकोप्टरबाट दृश्यावलोकन गर्न पाइने

फाइल तस्वीर

२४ फागुन, गुल्मी । आगामी चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव लक्षित गतिबिधि बढ्न थालेका छन् ।

महोत्सवलाई आकर्षक तथा प्रभावकारी बनाउनको लागि उपसमितिहरुले बिभिन्न गतिबिधीहरुले बढाउन थालेका हुन् ।

महोत्सवमा थप आकर्षक बनाउनको लागि हेलिकप्टरको व्यवस्था हुने भएको छ । महोत्सवलाई थप आकर्षण बनाउनको लागि महोत्सव अबधिभर मध्ये ४ दिन हेलिकप्टरको ब्यवस्था मिलाउने तयारी भइरहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

हेलिकोप्टरद्वारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकीय, धार्मिक स्थलहरुको दृश्यावलकन गर्न सकिने पूर्व अध्यक्ष श्रेष्ठले बताए ।

हेलिकप्टर उडानको लागि सदरमुकाम तम्घास नजिकै रहेको जडजुराबाट उडान गरिने श्रेष्ठले बताए । हेलिकोप्टर चेढेपछी महोत्सव सञ्चालन स्थलसँगै जिललाका बिभिन्न धार्मिक तथा ऐतिहासिक मनमोहक स्थलहरु देख्न सक्नेछन् ।

महोत्सवमा हेलिकोप्टर चढनको लागि बिभिन्न प्याकेज निर्धारण गरेर उडान हुँने आयोजकले जनाएका छन् ।

हेलिकोप्टरको व्यवस्था हुने भएसँगै महोत्सवमा थप आकर्षण हुने आयोजकले अनुमान गरेको छ । साँस्कृतिक पक्षलाई थप प्रभवकारी बनाउने उदेश्यले दोहोरी गीत प्रतियोगितासमेत राखिने भएको छ ।

महोत्सवमा लोकदोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष एवंम महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।

गुल्मी रम्बा तारा दोहोरीगीत प्रतियोगिता उत्कृष्ट हुनेलाई रम्बा तयारी चाउचाउको तर्फबाट पुरस्कार पाउनेछन् । महोत्सवको मुख्य प्रयोजकमा भुसाल ट्याक्टर सप्लायर्सले गर्ने भएको छ ।

महोत्सव सम्पन्न गठित मुल आयोजक समितिले गुल्मी लगायत मुख्य शहर बुटवल,पोखरा र काठमाडौंमा पुगी बिभिन्न प्रचारप्रसारका कामहरु गर्नुका साथै आर्थिक रकम संकलन अभियान पनि गरिरहेको वाणिज्यसंघ गुल्मीले जनाएको छ । महोत्सवमा २ सय स्टल रहने भएका छन् ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा यही आउँदो चैतमा तेस्रो गुल्मी महोत्सव हुँदैछ ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।

महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवलाई तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग हुने भएको छ ।

चिदीचौर खेल मैदानमा जिल्लास्थित उत्पादन हुने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरुको बिक्री बितरणको लागि राखिने भएको छ ।

त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा १० दिनसम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धनसँगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे तालसहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचारप्रसार महत्वपूर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्र्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment