‘बिग बोस ११’ मा बोल्ड इमेजका कारण चर्चामा आएकी अर्शी खानले एक पुजारीबाट आफू ‘सेक्सुअल ह्यर्यासमेन्ट’को शिकार भएको बताएकी छिन् । प्रहरीमा उजुरी गर्दै अर्शीले भनेकी छिन्, ‘पुजारी रमेश जोशीले मलाई छोरी भन्दै गलत तरिकाले छुन्थे ।’
अर्शी खान र पुजारीविचको झगडा सापटी रकमबाट सुरु भएको थियो । आफुले दिएको ४० हजार अर्शीले नतिरेको भन्दै पुजारीले प्रहरीमा उजुरी गरेपछि अर्शी पनि सेक्सुअल ह्यार्यासमेन्ट भएको भन्दै प्रहरीमा पुगेकी हुन् ।
केही मिडियाले उल्लेख गरे अनुसार दुई वर्ष अगाडी अर्शी खान मन्दिरमा पुगेकी थिइन्, जहाँ उनको पर्स र मोबाईल चोरी भयो । अर्शीले पुजारीसँग सापटी स्वरुप ४० हजार मागिन् र हिँडिन् । केही दिनमै पैसा फिर्ता गर्छु भनेकी अर्शी त्यसपछि फर्किनन् । पुजारीले फोन गरेर पैसा माग्दा झर्किदै भन्थिन् ‘कति किचकिच गर्या, निर्माताले दिएपछि फिर्ता गरिहाल्छु नि ।’
पटक-पटकको आग्रहलाई अर्शीले वेवास्ता गरेपछि पुजारी सापटी पैसा फिर्ता पाउँ भन्दै प्रहरीकोमा उजुरी दर्ता गर्न पुगे । लगत्तै अर्शीले अर्को उजुरी दर्ता गराईन् ‘मलाई पुजारीले सेक्सुअल ह्यार्समेन्ट गरे ।’
अहिले अर्शीका सहयोगीले पुजारीको आरोपमा तथ्य नभएको दाबी गर्दै भनेका छन् ‘अर्शीले पुजारीसँग पैसा लिएकै छैन ।’ अर्शी सेक्स स्क्याण्डलमा रमाउने युवती हुन् । यस अघि पनि गोवामा यस्तै स्क्याण्डल मच्चाएकी थिइन् ।
स्वघोषित धर्म गुरु राधे माँको विषयमा पनि उनले विवादास्पद अभिब्यक्ति दिएकी थिइन् । राधे माँको बिजनेश पार्टनरसँग मिटिङ भएको भन्दै उनले आफुलाई सेक्स र्याकेटमा सहभागी हुन आग्रह गरेको आरोप लगाएकी थिइन् ।
प्रतिक्रिया 4