२५ फागुन, काठमाडौं । महानगरीय प्रहरी वृत, लैनचौरको टोलीले दुई केजी सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको मजुवागढी–५ का २० वर्षीय हिराधन विक र दोलखाको विगु–५ का १७ वर्षीय धिरज ठकुरी छन् । उनीहरुलाई प्रहरीले ठमेलबाट पछ्याउँदै जाँदा बानेश्वरमा पक्राउ गरेको हो ।
ठकुरीले पिठ्यूमा भिरेको कालो लेदरको झोलाभित्र सालकको खपटा भेटिएको थियो ।
उनीहरुलाई थप कारबाहीका लागि जिल्ला वन कार्यालय, काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पोखरेलले अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4