+
+
Shares

बोक्सी आरोपमा कुटिएकी राधाको उपचार खर्च सरकारले व्यहोर्ने

दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते १०:३६

२७ फागुन, काठमाडौं । बोक्सीको आरोपमा कुटपिट गरिएकी कैलालीको घोडाघोडी नगरपालिका-५ की राधा चौधरीको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । साथै चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट आइतबार जारी विज्ञप्तिमा लेखिएको छ, ‘कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।’

‘हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यही फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले कुटपिट गरेको र स्थानीयबासी मुकदर्शक बनेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपनि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको थियो ।

माथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन ।’

कैलालीको यो घटनाले देशकै बेइज्जत भएको सरकारको ठहर छ । ‘नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ ।’

यो पनि पढ्नुहोस् 

‘बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयरमाथि एमालेले कारवाही थाल्यो

झाँक्रीसँग ८ दिनका लागि बिहे गरेको बताउने ‘पार्वती’ पक्राउ 

राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित) 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?