Comments Add Comment

प्रधानमन्त्रीको बाचाः भ्रष्टाचार गर्दिन, हुन दिन्नँ

२७ फागुन, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् ।

संसदको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु नपर्ने कुनै कारण नभएको बताए ।

सरकारले ‘सरकार हुँ’ भनेर दम्भ देखाउन नहुने र प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्न नहुने उनले बताए । प्रदेश २ मा एमाले र माओवादीले प्रतिपक्षमा बसेर पनि सरकारलाई विश्वासको मत दिएको भन्दै उनले कांग्रेससँग पनि मत मागरेका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री नभएको बताए । उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ ।’

विप्लव समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अब के क्रान्ति गर्ने ? पुग्ने कहाँ ? एक जना महाराजा भएर चल्ने कि जनताले भने अनुसार चल्ने ? भन्ने प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment