२७ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावटमा संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा आइतवार सुरक्षा निकाय र राजश्व अन्तर्गतका कर्मचारीहरूसँगको बैठकमा अर्थमन्त्री खतिवडाले यस्तो निर्देशन दिएका हुन् ।
कर्मचारी र सुरक्षा निकायबीचको आवश्यक समन्वय नहुँदा राजश्व चुहावट नियन्त्रण प्रभावकारी नभएको गुनासो आइरहेका बेला अर्थमन्त्री डा. खतिवडाले सरोकारवाला निकायलाई डाकेर निर्देशन दिएका हुन् ।
उनले राजश्व चुहावट नियन्त्रणमा एकजुट भएर लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिएका हुन् । त्यसका लागि चूस्त अनुगमनको खाँचो देखिएको उनले बताए ।
त्यस्तै, अर्थमन्त्री डा. खतिवडाले सीमावर्ती क्षेत्रमा अन्तरदेशीय निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गैरकानूनी वित्तीय लगानी निरुत्साहित गर्नसमेत नयाँ पहल कदमी चाल्नु आवश्यक देखिएको उनको भनाइ थियो ।
उक्त बैठकमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका प्रमुख, गृह र अर्थ मन्त्रालयका सचिवहरू लगायतको सहभागीता थियो ।
प्रतिक्रिया 4