बिहीबार, ३ साउन, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

घोडाघोडी नगरपालिकाका मेयरमाथि गोली प्रहार

भैरहवामा पनि व्यवसायीमाथि गोली चल्यो

Suzuki
अनलाइनखबर

२८ फागुन, काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चाैधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।

प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे ।

घाइते चाैधरीकाे  स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । र, अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ ।

भैरहवाका व्यवसायी सेठियामाथि गोली प्रहार

यसैवीच रुपन्देहीको भैरहवाका एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको छ । भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य हरीश सेठियामाथि अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।

गोली प्रहार गरिए पनि मिस फायर हुँदा सेठिया बच्न सफल भएका छन् ।

भारतीय २ नागरिकले भारतीय मोटरसाईकलमै आएर उनीमाथि गोली चलाएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । उनीमाथि भैरहवाको हाटबजार स्थित सेवापथमा गोली प्रहार गरिएको थियो ।

दुई जनामध्ये एकजना भागेको र एकजनालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए । प्रमुख ज्ञवालीले गोली हान्ने व्यक्ति र मोटरसाईकललाई समातेको बताए ।

२०७४ फागुन २८ गते २०:४९ मा प्रकाशित (२०७४ फागुन २९ गते ७:५७मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • Prakashchandra Budhaair लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते २१:०४

    राजधानी बनाइएको त्यो क्षेत्र अपराधिक गतिविधीका लागि र बाह्य प्रभावका लागि प्रोहोत्साहन गर्ने लोकेसन प्वाइन्ट बन्नेछ । यो सायद त्यसैको उदाहरण हुनसक्छ । चाहे जुनसुकै कारण होस्

    9
    2
    Share

  • tr लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते ४:०६

    BOKSA bhayera haneko hola.

    11
    0
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते ७:२९

    Sad News !!
    Get well Soon !!
    After your full recovery please please never ever do negotiation/mediation/arbitration with Criminals – you may learn terrble lesson from Radha Chaudhree case

    3
    1
    Share

  • Naresh Danwar लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १२:२८

    बोक्सीको केशको मिलाप पत्र मा हस्ताक्षर गरे त पनि यस्तो अपराधीक कार्य गर्नु नपर्ने हो।
    नियम कानुनी प्रक्रियाले हुन सक्थो।
    तर यस्तो फौजदारी कार्य नगर्नु पर्ने बिप्लप पक्षका कर्याकर्ता हरु नै दोषी देखिन्छ ।

    1
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this