+
+
Shares

ट्राफिकलाई ५ सय रुपैयाँ घुस दिँदा प्रहरीको फन्दामा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते १४:३९

२९ फागुन, काठमाडौं । काठमाडौंको सिंहदरबार चोकमा चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको परकानिपुर घर भइ भक्तपुरको सिरुटार बस्दै आएका २५ वर्षीय भुवन मोक्तान छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार सिंहदरबार चोकमा मोक्तानले नियम उल्लंघन गरी बा ६४ प ३०७१ नम्बरको मोटरसाइल कुदाएका थिए । ट्राफिकले चिट काट्न खोज्दा उनले मिलाइदिनुस् भन्दै ५ सय रुपैयाँ दिएका थिए ।

उनलाई तत्कालन नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत, सिंहदरबारमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?