Comments Add Comment

डा. केसीको अनसन पाँच दिनपछि सर्‍यो

फाइल तस्वीर

२९ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले पाँच दिनपछि सारेका छन् । सोमबार भएको विमान दुर्घटनामा परी चिकित्सकको पनि निधन भएकाले शोकको घडीमा अनसन स्थगित गरिएको डा. केसीले बताएका छन् ।

उनले ४ गतेदेखि अनसन बस्ने बताएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले २९ फागुनदेखि आमरण अनसन बस्ने बताएका थिए ।

डा. केसीले सर्वोच्चका न्यायाधीशहरुले नै पराजुलीलाई पद छाड्न दिएको सुझावको स्वागतसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment