+
+
Shares

बुटवलको फूलबारी,जहाँ पुग्छन् वर्षमा ३ लाख पर्यटक (फोटो फिचर)

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ फागुन २९ गते १७:१७

२९ फागुन, बुटवल । पूर्वपश्चिम जोड्ने तिनाउको पुल तरेर २ सय मिटर हिँडेपछि पुगिन्छ बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी ।

पाल्पाली सेन वंशीय राजा मणिमुकुन्द सेनको नामसँग जोडिएको यस पार्क पिकनिक, विवाह, भेटघाट र विभिन्न सघसंंस्थाको साधारणसभा तथा अधिवेशन थलो बनेको छ ।

फूलबारीमा एक बर्षको अबधिमा करिब ३ लाख पर्यटकहरु पुग्ने गरेका छन् ।  बुटवल घुम्न आउने हरेक आन्तरिक तथा बाहृय पर्यटकको ध्यान  फूलबारीले तान्ने गरेको छ ।

फूलबारी पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा विकास भएको भइरहेको छ ।

१५ औं शताब्दीमा मणिमुकुन्द सेन राजाले निर्माण गरेको शीतकालीन दरबार अवशेष पनि फूलबारीमा छ ।

२०३६ सालमा फूलबारी पार्कको रूपमा स्थापना भएकोमा २०५४ सालदेखि मणिमुकुन्द सेन उद्यान पार्कको नाममा पार्क सञ्चालन गरिएको छ । १५ बिघा क्षेत्रफलमा रहेको पार्कलाई २५ बिघामा विस्तार गरी पूर्वाधार निर्माणको काम भइरहेको अध्यक्ष खेम लुइँटेल बताउँछन् ।

पछिल्लो ३ वर्षमा यस पार्कमा ९ लाख २६ हजार आन्तरिक तथा बाहृय पर्यटक आएका छन् । जसमध्ये ७ लाख ३६ हजार ३ सय ४९ आन्तरिक, ५२ हजार १ सय ८४ विद्यार्थी, ३८ हजार ७ सय ७२ सार्क राष्ट्रका र ५ सय ५७ तेस्रो मुलुकका पर्यटक छन् ।

पार्कमा पुराना भग्नाबशेष दरबार, वनजंगल, फूलबारी, झरना, शहीदस्तम्भ र चिडियाखानासमेत छ । पार्कबाट बुटवल बजारको धेरै दृश्य देख्न सकिन्छ ।

हेर्नुहोस् तस्वीरहरु 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?