बलिउडका चर्चित कलाकार इरफान खान अहिले विरामी छन् । उनलाई के रोग लागेको छ भन्ने खुलेको छैन । इरफानको बिषयमा विभिन्न खालका खबरहरु मिडियामा सार्वजनिक भैरहेको छ ।
इरफान बिरामी भएकै कारण उनी र नायिका दीपिका पादुकोणले काम गर्न लागेको नयाँ चलचित्रको सेड्यूल समेत सरेको छ । आफ्ना सहकर्मी बिरामी भएको बिषयमा नायिका दीपिका पादुकोणले मुख खोलेकी छिन् । उनले भनिन्-‘हामीले सधै मानिस र उनीहरुको स्वास्थ्यका लागि प्रार्थना गर्न आवश्यक छ ।
यदि, इरफानको स्वास्थ्य ठिक छैन भनेपनि यो समयमा हामीले प्रार्थना गर्नु महत्वपूर्ण हुनेछ । उनका लागि मात्र होइन, सबैका लागि ।’ दीपिकाले अगाडि भनिन्-‘मलाई थाहा छ पछिल्ला केहि हप्ता हाम्रा लागि च्यालेन्जिङ छन्, तर हामी सबैले प्रार्थना गरौ ।’
दीपिकाले यस्तो समयमा कुनै पनि व्यक्तिलाई उसको व्यक्तिगत जीन्दगीमा स्थान दिनुपर्ने समेत बताएकी छिन् ।
प्रतिक्रिया 4