Comments Add Comment

गोपाल पराजुली भूपू भइसक्नुभो, हठ गरेर हुन्न : कामु प्रधानन्यायाधीश जोशी

अदालतलाई व्यवस्थित ढंगले सम्हाल्न महान्यायाधिवक्ताको सुझाव

१ चैत, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालयलाई व्यवस्थित बनाउने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

जोशीले न्यायपालिकाप्रति जनताको आस्था पहिलेकै जस्तो बलियो बनाउन आफू लागिपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशको कार्यकक्षमा विहीबार पत्रकारहरुसँग कुरा गर्दै जोशीले अदालत विवादित बनेको र न्यायपालिकाप्रति सडकमा जनताले टिप्पणी गर्न थालेको स्वीकारे । उनले भने ‘हाम्रै कारणले यस्तो भएको हो, अब सुधार्ने पनि हामीले हो, अरुलाई दोष लगाउने ठाउँ छैन ।’

न्याय परिषद सचिवालयले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशबाट पदमुक्त भएको पत्र थमाएको भोलिपल्ट जोशीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । उनले इजलास पनि तोकेका छन् । आफूले कजलिस्ट -इजलास) तोक्नुले पराजुली भूपू भएको प्रष्ट भएको उनले बताए ।

अब गोपाल पराजुली भूतपूर्व प्रधानन्यायाधीश भइसक्नुभएको हो ? भन्ने अलानलाइखबरको प्रश्नमा जोशीले भने ‘खोई के भन्नु हुन्छ ? मैले कजलिष्ट तोकिसकेपछि के क्लियर भएन र ?’

उनले अब आफू अव्यवस्थित न्यायालयलाई व्यवस्थित बनाउन लाग्ने बताए । जोशीले भने, ‘अव्यवस्थित न्यायपालिका आफैंभित्रबाट भएको हो । अरुलाई दोष दिने ठाउँ छैन ।’

न्यायपरिषद सचिव नृपध्वज निरौलाको पत्रबाट पदमुक्त भएका पराजुलीतर्फ संकेत गर्दै उनले भने ‘अवस्था बुझेर पछाडि हट्न पनि तयार हुनुपर्छ । हठले हुँदैन ।’

पराजुलीले आफ्नो उमेर सच्याउने निर्णय आफैं गर्नु गलत भएको पनि उनले बताए । न्यायपरिषद सचिवले गोपाल पराजुलीको उमेरको बारेमा पत्रबाट अवगत गराएको बताएका जोशीले सचिवले प्रधानन्यायाधीशलाई पदमुक्त गर्न सक्ने वा नसक्नेबारे भने टिप्पणी गरेनन् ।

उनले परिषद बैठक भने यसबीचमा नबसेको र डकुमेन्टहरु अद्यावधिक गर्ने काम सचिवको भएको बताए । परिषद सचिवले गरेको कामको भने उनले बचाउ गरे ।

उनले आफ्नो कार्यकालयमा न्यायपालिकाको इतिहास दर्शाउने न्यायिक संग्रहालय बनाउने इच्छा व्यक्त गरे ।

महान्यायाधिवक्ताले के सुझाव दिए ?

कामु प्रधानन्यायाधीश जोशी र महान्यायाधिवक्ता अग्नि खरेलबीच सर्वोच्च अदालतको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ ।

सरकारका कानुनी सल्लाहकार खरेलले न्यायपालिकाभित्रको अव्यवस्था हटाई अदालतलाई सम्हालेर अघि बढ्न जोशीलाई सुझाव दिएका छन् ।

न्यापालिकाभित्रको पछिल्लो अवस्थाबारे सरकार चिन्तित रहेको भन्दै खरेलले अदालतलाई विवादमुक्त बनाएर लैजान आग्रह गरेका हुन् ।

यो पनि पढ्नुहोस्

दीपकराज जोशीः १९ महिने प्रधानन्यायाधीश ! त्यसपछि चोलेन्द्रको पालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment