Comments Add Comment

उपराष्ट्रपतिमा पासाङ दोहोरिने पक्का, आज मनोनयन दर्ता

३ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनको लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने छ ।

उपराष्ट्रपतिमा नन्दबहादुर पुन (पासाङ) नै दोहोरिने पक्का छ ।  उम्मेदवारी दर्ताका लागि पुन बिहान ११ बजे संघीय संसद भवन परिसरमा निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन कार्यालयमा पुग्दैछन् ।

आजै चार बजेभित्र उम्मेदवारमाथि दावी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ । आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment