Comments Add Comment

खेल क्षेत्र मेरा लागि नयाँ होः मन्त्री जगत विश्वकर्मा


३ चैत, पोखरा । नेपाल एकदिवसीय मान्यता पाएको भोलिपल्ट सांसद जगत विश्वकर्मा खेलकुदमन्त्री बनेका छन् । पहिलो पटक संसद भवन प्रवेश गर्नुअघि उनी दलित अधिकार र मुक्तिको लडाईं लडेका एमाले नेता हुन् ।

तर, अब जगतले युवा तथा खेलकुदको सिंगो जगतलाई कसरी चलाउलान् ? धेरैको प्रश्न छ ।

‘मेरा लागि मन्त्रालयको अनुभव नै नयाँ हो भने खेलकुदको क्षेत्र त झनै नयाँ हो,’ नवनियुक्त खेलकुदमन्त्री जगतले अनलाइनखबरसँग भने ‘खेलकुद क्षेत्रमा लगानीको वातावरण बनाउन र यहाँको समस्याहरु हल गर्न मसिनो गरी लाग्छु ।’

नेपाली क्रिकेटले एकदिसीय अन्तराष्ट्रिय मान्यता पाएको ऐतिहासिक क्षणमा आफूले खेलकुद मन्त्रालय सम्हाल्न पाएकोमा मन्त्री जगतले खुसी ब्यक्त गरे ।

नेपाल क्रिकेट संघको निलम्बन फुकुवाका लागि विज्ञसँग सल्लाह गरेर र न्यायसँगत कदम चाल्ने उनले बताए ।

‘यो ऐतिहासिक क्षणमा मन्त्री हुन पाएको छु’ मन्त्री जगतले भने, ‘यो क्षेत्र मेरा लागि नितान्त नयाँ हो । यो क्षेत्रको मर्म भावनालाई गहिरोसँग बुझ्ने प्रयास गर्नेछु ।’

तर, खेलकुद क्षेत्र पनि मुलुक समृद्धिको एउटा कडी हो भन्ने आफूले बुझेको उनले बताए ।

खेलकुदमन्त्री जगत विश्वकर्माले क्रिकेटको उत्साहलाई रोकिन नदिने र यसको मर्यादालाई अझ उठाउने प्रतिवद्धता पनि जनाएका छन् । ‘खेलको माध्यमबाट सिंगो देशलाई माथि उठाउने नीति तथा योजना बनाउँछु,’ उनले भने ।

को हुन् जगत विश्वकर्मा ?

विद्यार्थी आन्दोलनबाट जगत विश्वकर्मा २०५४ सालमा २२ वर्षको उमेरमै गाविसको उपाध्यक्ष बनेका थिए । हाल एमाले प्रदेश ४ को सचिव समेत रहेका जगत शालिन नेताको रुपमा परिचित छन् । दलित मुक्ति तथा अधिकारको आन्दोलनमा लागेका जगत प्रतिनिधिसभा निर्वाचनमा कास्की ३ बाट विजयी भएका हुन् ।

उनी दलित आन्दोलन सँगसँगै मानवअधिकार र समाजसेवामा पनि सक्रिय थिए । सामाजिक आन्दोलनमा भूमिका खेलेकै कारण उनी डा. भीमराव अम्वेडकर अन्तर्राष्ट्रिय फेलोसिप अवार्ड, अब्राहम संरक्षण अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।

उनी एमाले वैकल्पिक पोलिटब्युरो सदस्य पनि हुन् । शुक्रबार ११ मन्त्री थपिँदा उनी युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

उनलले निर्वाचनताका गरेको प्रतिवद्धता पूरा गर्न पनि आफू उत्साहित रहेको बताएका छन् ।

‘नेपालीको भावनाअनुरुप आˆनो सम्पूर्ण सामर्थलाई प्रयोग गरेर आफुले प्राप्त गरेको मन्त्रालयको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता छ,’ जगतले भने, ‘खेल क्षेत्रको सम्भावनाको खोजी र विकास गर्दै खेल पर्यटनको नयाँ गन्तब्य बनाउने प्रयास गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment